मंगलबार, चैत १०, २०८२

कोरोना महामारीमा सुरक्षित र सद्‍भावपूर्ण होली मनाऔं

होली रंगहरूको पर्व हो। यसलाई फागु पूर्णिमा भनिन्छ। नेपाल संस्कृतिमा धनी मुलुक हो। हाम्रा आफ्नै परम्परा छन्। र, तिनलाई मनाउने तरिका पनि आफ्नै। पहिले-पहिले प्राकृतिक कुराबाट होली खेलिन्थ्यो।
 |  आइतबार, चैत १५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १५, २०७७

होली रंगहरूको पर्व हो। यसलाई फागु पूर्णिमा भनिन्छ।

National life

नेपाल संस्कृतिमा धनी मुलुक हो। हाम्रा आफ्नै परम्परा छन्। र, तिनलाई मनाउने तरिका पनि आफ्नै। पहिले-पहिले प्राकृतिक कुराबाट होली खेलिन्थ्यो।

पहेँलो रंगका लागि बेसार प्रयोग गरिन्थ्यो। रातो रंगको लागि विभिन्न फूलकाे रस प्रयोग गरिन्थ्यो। हरियोको लागि पात प्रयोग गरिन्थ्यो। र, पिठोबाट घरमै प्राकृतिक रंग तयार पारिन्थ्यो।

यस्ता रंगको प्रयोगले शरीरमा कुनै प्रकारको हानि हुन्थेन। होली वसन्तोत्सव हो।

तर, अहिले होलीमा धेरै विकृति आयो। रसायनयुक्त रंगहरूको प्रयोग हुन थाल्यो।

Laxmi sunrise bank
kumari

ती रसायनयुक्त रंग परिवारमा मिलेर टीका लगाउने मात्र नभई बाटोमा हिँडिरहेका मानिसलाई रंग छ्याप्न थालियो। लोला हान्न थालियो।

बेला-बेला होली खेल्ने क्रममा मानिसको ज्यानैसम्म गएका अप्रिय घटना सुनिन्छन्।

बेलुनले हान्दा कन्चटमा लागेमा मानिसको ज्यानै जाने जोखिम हुन्छ। रंगमा हुने विभिन्न खाले रसायनले छालामा एलर्जी हुने सम्भावना एकदमै बढी हुन्छ।

आँखाको एलर्जी हुने, आँखा पाक्ने जोखिम हुन्छ। छालाको एलर्जी हुँदा छाला सुक्खा हुने, चिलाउने हुन्छ। स्वासप्रस्वासको एलर्जी हुँदा घाँटी सुक्का हुने, खोकी लाग्ने हुन्छ।

होलीको नाममा फोहोर पानी छ्याप्ने परम्परा पनि देखिन्छ। जुन एकदमै गलत हो। त्यसले छाला चिलाउने, एलर्जी आउने हुन्छ। यी तुरुन्त देखिने समस्या हुन्।

कतिपय समस्या लामो समयसम्मै रहन्छन्। होली खेल्दा रंग खाइने वा आँखामा पर्ने जोखिम हुन्छ। रंगमा हुने रसायनले स्वास्थ्यमा दीर्घकालीन असर पार्ने जोखिम हुन्छ।

होली सद्भावको पर्व भएकाले सोहीअनुसार मनाउनुपर्छ।

पछिल्लो समयमा होलीमा मदिराको सेवन गर्ने क्रम बढ्दो छ। रक्सी खाएर होली खेल्दा मानिसले संयमता गुमाउँछ। र, होली खेल्दा बेप्रवाह रंग खेल्छ। जसले गर्दा बिरामी हुने जोखिम हुन्छ।

...

अर्को कुरा अहिले कोरोना संक्रमणको जोखिम छ। भीडभाड भएर होली खेल्न सकिने अवस्था छैन।

होली मनाउनकै लागि चार/पाँच लाख भारतीय मजदुर आफ्नो देश गएका छन्। उनीहरूले होली मनाएर केही समयपछि फर्किंदा नेपालमा संक्रमण फैलिने उच्च जोखिम छ।

कोरोना संक्रमण  टाढाबाट नभई नजिकबाट सर्ने हो। होली खेल्दा एकदमै नजिक गइन्छ।

अपरिचित मानिससँग बाटोमा सँगै होली खेलियो भने त्यो अवस्थामा होली कोरोनाको जोखिम हुन्छ। मास्क लगाएर अनुहार छोपेर होली खेल्न सकिँदैन।

होली खेल्दा मौतिक दूरी कायम नहुने र सरसफाइमा ध्यान नदिइने भएकाले कोरोनाको जोखिमलाई ध्यान दिँदै नखेलेकै राम्रो। जीवन रह्यो भने अवस्था सामान्य बनिसकेपछि आगामी वर्षहरूमा पनि रमाइलोसँग होली खेल्न सकिन्छ।

हामीले जनस्वास्थ्यका मापदण्ड जस्तोसुकै अवस्थामा पनि पालना गर्न छोड्नु हुँदैन। हामीले गत वर्षका पर्व पनि जनस्वास्थ्यका मापदण्ड पालना गरेका थियौं।

भोलि मैले हस्पिटल जान नपरोस् भन्ने किसिमले होली मनाउनु बुद्धिमानी हुन्छ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेसँग गरिएको कुराकानीमा आधारित।

प्रकाशित: Mar 28, 2021| 03:13 आइतबार, चैत १५, २०७७
प्रतिक्रिया दिनुहोस्