शुक्रबार, असोज ९, २०८३

नेत्र एटमको कविता सङ्ग्रह 'प्रिय मौनता' बजारमा 

कवि तथा समालोचक नेत्र एटमको कविता सङ्ग्रह 'प्रिय मौनता' बजारमा आएको छ। लामो समयदेखि नेपाली साहित्यमा क्रियाशील एटमको यो पहिलो कविता सङ्ग्रह हो। 
 |  आइतबार, चैत १५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १५, २०७७

काठमाडौं - कवि तथा समालोचक नेत्र एटमको कविता सङ्ग्रह 'प्रिय मौनता' बजारमा आएको छ। लामो समयदेखि नेपाली साहित्यमा क्रियाशील एटमको यो पहिलो कविता सङ्ग्रह हो। 

सङ्ग्रहका कवितालाई कविले 'उपसना कविता' भनेर उपनाम दिएका छन्। प्रेमलाई केन्द्रमा राखेर लेखिएको यस सङ्ग्रहमा प्रणयको प्यासन, प्रमुदित प्रकृति, अभीप्साको उद्बोदन, उपासानाको आलोक खण्ड छन्। जसमा ६० वटा कविता सङ्ग्रहित छन्। 

पहिलो चरणमा कवि नवीन प्यासीले सञ्चालन गरेको कार्यक्रममा कवि एलिशा एकलास, बाबा बस्नेत, अतुल तिम्सिना, नवीन शर्मा र निरज दाहालले एटमका कविता वाचन गरेका थिए। त्यस्तै दोस्रो सत्र अन्र्तगत प्रा. डा. कृष्णहरि बराल, पत्रकार दीपक सापकोटा र अमृता शर्माले प्रिय मौनतामाथि आफ्नो विचार राखेका थिए।  

शिखा बुक्सले बजारमा ल्याएको सङ्ग्रहको मूल्य ३५० रहेको छ।

प्रकाशित: Mar 28, 2021| 02:03 आइतबार, चैत १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।