आइतबार, वैशाख २७, २०८३

म्यानमारमा थप १६ प्रदर्शनकारीको मृत्यु

म्यानमारमा शनिबार सुरक्षाकर्मीले चलाएको गोली लागेर १६ प्रदर्शनकारीको मृत्यु भएको छ।
 |  शनिबार, चैत १४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत १४, २०७७

काठमाडौं- म्यानमारमा शनिबार सुरक्षाकर्मीले चलाएको गोली लागेर १६ प्रदर्शनकारीको मृत्यु भएको छ।

National life

सैनिक शासकविरुद्ध जारी प्रदर्शनमा सुरक्षा फौजले अन्धाधुन्ध गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
म्यानमारमा गत १ फेब्रुअरीमा भएको सैन्य कुपछि विभिन्न सहरमा प्रदर्शन जारी छन्।

अपदस्थ सांसदहरुले बनाएको सीआरपीएच नामक समूहका प्रवक्ता डा. सासाले एक अनलाइनसँग कुरा गर्दै शनिबारको दिन म्यानमारको सशस्त्र बलका लागि निकै लाजलाग्दो दिनको रुपमा रहेको बताए।

म्यानमार सरकारविरुद्धको प्रदर्शनमा हालसम्म ३०० बढीको मृत्यु भइसकेको छ।

आज (शनिबार) म्यानमारको सेनाको स्थापना दिवस हो।

शनिबार यांगुन सहरमा एक प्रहरी चौकीबाहिर भएको प्रदर्शनमा प्रहरीले गोली प्रहार गर्दा ४ जनाको मृत्यु भएको थियो। त्यहाँ १० जना घाइते भएका थिए।

त्यस्तै अर्को एक सहरमा प्रहरीले ३ जनामाथि गोली चलाएको थियो। उक्त प्रदर्शनमा त्यहाँको २१ वर्ष मुनिको राष्ट्रिय फुटबल टिमका एक खेलाडीको पनि मृत्यु भएको छ।

त्यसका साथै लाशियो, बागो र होपिन सहरमा भएका गोली प्रहारका घटनामा गरी १६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

शनिबार म्यानमारको सेनाका प्रमुखले आफूहरुले जनतासँग मिलेर काम गर्न चाहेको बताएका थिए।

एक मुख्य सामाजिक अभियानका अनुसार त्यहाँ अहिलेसम्म मृत्यु हुनेको संख्या ३२८ पुगेको छ।

प्रकाशित: Mar 27, 2021| 12:33 शनिबार, चैत १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।