शुक्रबार, कात्तिक २८, २०८२

लामो समयपछि प्रियंका बलिउडमा 'युटर्न' हुँदै

बलिउड अभिनेतृ प्रियंका चोपडा इन्टरनेशनल स्टार बनिसकेकि छन्। प्रियंका अमेरिकाबाट भारत नआएको लामो समय भइसकेको छ।
 |  शनिबार, चैत १४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत १४, २०७७

काठमाडौं - बलिउड अभिनेतृ प्रियंका चोपडा इन्टरनेशनल स्टार बनिसकेकि छन्। प्रियंका अमेरिकाबाट भारत नआएको लामो समय भइसकेको छ।

National life

बलिउडमा उनका शुभचिन्तकले लामो समयदेखि नयाँ फिल्मको प्रतिक्षा गरिरहेका छन्।

पछिल्लो समय प्रियंका 'द स्काई इज पिङ्क' फिल्ममा देखिएकी थिइन्। उनको साथमा फरहान अख्तर र जायरा वसिम देखिएका थिए।

यो फिल्म अक्टुबर २०१९ मा रिलिज भएको थियो। त्यस बेला देखि प्रियंकाका शुभचिन्तकहरूले उनको बलिउड फिल्मको प्रतिक्षा गरिरहेका छन्। तर, प्रियंकाले चाडै बलिउड फिल्ममा आफू युटर्न हुने बताएकी छन्।

प्रियंकाले ट्विटरमा क्युएनए सेशन राखेकि थिइन्। प्रियंकाले उक्त सेशनमा ट्विट गर्न भनेकी थिइन्। उनले सेटबाट ब्रेक लिइरहेकी छु भन्दै ट्विट गरेकी थिइन्।

Laxmi sunrise bank
kumari

उनका एक शुभचिन्तकले बलिउड फिल्म कहिले आउँछ भन्दै प्रश्न गरेका थिए। उत्तरमा प्रियंकाले अर्को वर्ष लेखेकी थिइन्।

प्रकाशित: Mar 27, 2021| 06:06 शनिबार, चैत १४, २०७७
प्रतिक्रिया दिनुहोस्