मंगलबार, चैत १०, २०८२

गर्मीमा यसरी गरौं ओठको सुरक्षा

यसको मुख्य कारण हो पानी को कमी, एलर्जी, अत्याधिक गर्मी, भिटामिनको कमी आदी। चिसो मौसममा प्राय मानिसको ओठ फाट्ने समस्या हुन्छ।
 |  शनिबार, चैत १४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत १४, २०७७

काठमाडौं - चिसोबाट गर्मी मौसम फेरिँदा ओठ फाट्ने, ओठमा सुख्खापन आउने जस्ता समस्या हुन्छन्।

National life

यसको मुख्य कारण हो पानी को कमी, एलर्जी, अत्याधिक गर्मी, भिटामिनको कमी आदी। चिसो मौसममा प्राय मानिसको ओठ फाट्ने समस्या हुन्छ।

तर, गर्मी मौसममा पनि ओठ फुट्दा विशेष ध्यान दिनुपर्छ। यस्तो समस्यालाई घरेलु उपचारबाट मात्रै पनि ठिक गर्न सकिन्छ।

मह

एक चम्चा महमा दुई चम्चा चिनि मिलाएर त्यसको पेस्ट तयार गर्नुपर्छ। यो पेस्टलाई केही बेर ओठमा लगाएर छोडिदिनुपर्छ। केही बेर यो पेस्टलाई ओठमा औलाले हल्का मालिस गर्नुपर्छ। 

Laxmi sunrise bank
kumari

र, मनतातो पानीले अनुहार धुनुपर्छ। त्यसपछि सफा र नरम कपडाले ओठलाई सफा गर्नुपर्छ। यसो गर्दा ओठ सामान्य अवस्थामा आउँछन्।

नारियल तेल

ओठ सुख्खा हुने समस्या भए नारियलको तेल लगाउन सकिन्छ। नियमित नारियल तेल लगाउँदा ओठ मुलाएम हुन्छन्।

दिनमा तीनदेखि चार पटकसम्म नारियल तेल लगाउन सकिन्छ। र, ओठमा सुख्खापन आउने वित्तिकै पनि नारियल तेल लगाउन सकिन्छ। यसो गर्दा चाडैनै ओठमा मुलाएम पन आउँछ।

एलोवेरा जेल

फाटेका ओठमा एलोवेरा जेल लगाउन सकिन्छ। ताजा एलोवेरा जेल लगाउँदा ओठमा मुलाएमपन आउँछ।

बाहिरका जेलमा केमिकलको प्रयोग भएको हुन्छ। जसले ओठमा झनै समस्या पैदागर्ने जोखिम हुन्छ। त्यसैले ताजा जेलको प्रयोग गर्नुपर्छ।

काक्रो

गर्मी मौसममा काक्रो सहजै पाइने फल हो। गर्मीमा ओठ फाट्ने समस्या भए त्यसमाथि काक्रोको रस लगाउन सकिन्छ।

१५-२० मिनेटसम्म काक्रोको टुक्रा वा रस लगाउन सकिन्छ। यस्तो गर्दा फाटेका ओठमा रहात मिल्छ।

प्रकाशित: Mar 27, 2021| 01:27 शनिबार, चैत १४, २०७७
प्रतिक्रिया दिनुहोस्