शुक्रबार, भदौ ५, २०८३

स्वास्थ्य राज्यमन्त्रीको निर्णयमा प्रधानमन्त्रीको हस्तक्षेप

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेको सरुवा र नियुक्ति प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेका छन्।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेको सरुवा र नियुक्ति प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेका छन्। राज्यमन्त्री श्रेष्ठले कोभिड युनिफाइड केन्द्रीय अस्पतालका प्रशासकीय प्रमुख डा. जागेश्वर गौतमलाई हटाएर डा. रुद्र मरासिनीलाई नियुक्त गरेका थिए। 

प्रधानमन्त्री देउवाको निर्देशनपछि मरासिनीको नियुक्ति तत्काललाई रोकिएको छ। तर, डा. गौतमको सरुवा भने नरोकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

केपी ओली सरकारले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश ल्याएर कोभिड युनिफाइड केन्द्रीय अस्पताल स्थापना गरेर त्यसको प्रमुख प्रशासकीय अधिकृतमा डा. गौतमलाई नियुक्त गरेको थियो। उक्त अध्यादेशको तत्कालीन विपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको थियो। 'कांग्रेसले यो अध्यादेशको विरोध गर्दै आएको थियो। 

डा. गौतमको सरुवामा प्रधानमन्त्री देउवाको आपत्ति होइन, तर आफैंले विरोध गरेको अध्यादेशअनुसार मरासिनीलाई नियुक्ति गर्दा राम्रो सन्देश जाँदैन,' प्रधानमन्त्री देउवाको सचिवालयका एक सदस्यले भने, 'मरासिनीको नियुकि्त रोकेर अध्यादेश नै खारेज गर्ने तयारी भइरहेको छ।' 

सोमबार गौतम र मरासिनीसँगै चार जनाको जिम्मेवारी हेरफेर गर्ने निर्णय राज्यमन्त्री श्रेष्ठले गरेका थिए। युनिफाइड केन्द्रीय अस्पतालका डा. गौतमलाई प्रसूति गृह थापाथली पठाइएको थियो भने युनिफाइड अस्पतालमा डा. रुद्र मरासिनीलाई ल्याइएको थियो। 

त्यस्तै मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा डा. विवेककुमार लाल, सार्क क्षयरोग केन्द्रमा डा. रिता भण्डारी जोशीलाई जिम्मेवारी तोक्ने निर्णय गरेका थिए। तर राज्यमन्त्रीस्तरीय निर्णयलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले तत्कालका लागि स्थगित गर्न निर्देशन दिएका हुन्। 

प्रकाशित: Aug 03, 2021| 11:45 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...