मंगलबार, साउन १९, २०८३

विद्यालयमा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गर्न शिक्षा मन्त्रालयको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  विद्यालयमा पठनपाठन जनस्वास्थ्य र सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।
 |  शुक्रबार, चैत १३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १३, २०७७

काठमाडौं -शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा पठनपाठन जनस्वास्थ्य र सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले शिक्षक तथा विद्यार्थीको स्वास्थ्य एवं शिक्षण संस्थाका क्रियाकलापमा पर्न सक्ने प्रतिकूल असरका विषयमा समीक्षा गर्दै उक्त निर्देशन गर्ने निर्णय गरेको हो।

मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार सबै प्रकारका शिक्षण संस्थाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेको जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डको पूर्णरूपमा पालन गर्न आग्रह गरिएको छ। 

साथै शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, साबुनपानीले हात धुने, ज्वरो नाप्ने र कसैमा कोरोना सङ्क्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने र व्यवस्थापनलाई प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ को पूर्णरूपमा अनुशरण गर्न तथा शिक्षण संस्थामा सभा, समारोह, वार्षिकोत्सव जस्ता भिडभाड हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्न भनिएको छ।

प्रकाशित: Mar 26, 2021| 03:13 शुक्रबार, चैत १३, २०७७
प्रतिक्रिया दिनुहोस्