शुक्रबार, कात्तिक २८, २०८२

सन्नी लियोनी किन भारतमै बस्न रुचाउँछिन्?

उनलाई अन्तर्वार्तामा भारतमा रहन चाहनुहुन्छ कि विदेशमा भनेर सोधिएको थियो। जवाफमा उनले भारत नै आफूलाई मन गर्ने बताएकी थिइन्। उक्त जवाफपछि भारतमा उनको प्रशंसा भइरहेको छ।
 |  बिहीबार, चैत १२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १२, २०७७

सन्नी लियोनी 'पोर्न इन्डस्ट्रिज' छोडेपछि बलिउडमा जमिरहेकी छन्।  बलिउडमा छुट्टै पहिचान बनाइसकेकी उनका करोडौं फ्यान छन्।

National life

सन्नी पति र सन्तानका साथ मुम्बईमा बस्दै आएकी छन्। उनले एउटा अन्तर्वार्तामा आफू भारतमै बस्न रुचाउने बताएकी छन्।

उनलाई भारतमा रहन चाहनुहुन्छ कि विदेशमा भनेर सोधिएको थियो। जवाफमा उनले भारत नै आफूलाई मनमर्ने बताएकी थिइन्। त्यसपछि भारतमा उनको प्रशंसा भइरहेको छ।

'म यूएसमा बस्न चाहन्नँ। किनकि त्यहाँको वातावरण मलाई एकदमै नराम्रो लाग्छ। भारतमा राम्रो माहोल छ। त्यसैले मलाई भारत निकै मनपर्छ,' उनले भनिन्।

उनले भारत आफूलाई प्रेमिल लाग्ने प्रतिक्रिया दिएकी थिइन्। 

Laxmi sunrise bank
kumari

सन्नीले 'जिस्म-२' बाट बलिउडमा डेब्यू गरेकी हुन्। त्यसपछि उनले 'ज्याकपोट', 'रागिनी एमएमएस- २', 'एक पहेली लीला' र 'वन नाइट' जस्ता फिल्ममा काम गरिन्। जसले उनलाई बलिउडमा जम्न सहयोग गरे।

सन्नीले एक्सन सिरिज 'अनामिका' का लागि सिग्नेचर गरिसकेकी छन्। यस फिल्मलाई विक्रम भट्टले निर्देशन गर्नेछन्। यसका साथै उनी हरर फिल्म 'कोका कोला', 'रंगिला' र 'वीर मायादेवी' देखिने भएकी छन्।

प्रकाशित: Mar 25, 2021| 10:18 बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्