मंगलबार, भदौ १७, २०८२

बेपत्ता झा दम्पतीको शव माटोमुनि भेटियो

फागुन १० गते घरबाटै बेपत्ता पारिएका महोत्तरीको पिपरा गाउँपालिकाका मुसाफिर झा र गीतादेवी झाको शव फेला परेको छ। 
 |  बिहीबार, चैत १२, २०७७
nespernesper

जयन्त ठाकुर

जयन्त ठाकुर

बिहीबार, चैत १२, २०७७

vianetvianet

जनकपुरधाम– फागुन १० गते घरबाटै बेपत्ता पारिएका महोत्तरीको पिपरा गाउँपालिकाका झा दम्पतीको शव फेला परेको छ। 

Kumaribank

दुवै शव पिपरा गाउँपालिका वडा नम्बर २ मा बोरामा हालेर गाडेको जमिनमुनि शव फेला परेको हो।

पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाबाट अपहृत ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवी झालाई घरमा सुतिरहेको अवस्थामा बेपत्ता पारिएको एक महिनापछि शव फेला परेको हो।

दुईवटा बोरामा हालेर माटोमुनि पुरिएको अवस्थामा दुवै शव बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले जानकारी दिए। 

दुव शवको शरीरको हड्डी मात्र देखिएको छ। कपडाका आधारमा परिवारजनले पहिचान गरेको छ। 

Metro Mart

एसपी आचार्यले भने, ‘अपहरण गरिएको राति उनीहरुले सोही कपडा लगाएको आधारमा परिवारजनले शवको पहिचान गरेका छन्।’ 

शव गलाउन नुनपानीको प्रयोग गरिएको हुन सक्ने प्रहरीको आशंका छ।  सीआईबी, महोत्तरी प्रहरी  र प्रदेश २ प्रहरी टोली घटनास्थलमा अनुसन्धान गरिरहेको छ।

परिवारजनले शवको पहिचान गरे पनि प्रहरीले भने फोरेन्सिक जाँचपछि मात्रै झा दम्पतीको शव रहेनरहेको पुष्टि गरिने स्पष्ट पारेको छ।

प्रकाशित: Mar 25, 2021| 09:08 बिहीबार, चैत १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।