शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ओली र नेपाल वार्ता हुने तयारी भइरहेका बेला प्रचण्डले भेटे नेता नेपाललाई

ओली र नेपाल वार्ता हुने तयारी भइरहेका बेला प्रचण्डले भेटे नेता नेपाललाई

एमालेमा देखिएको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ता हुने तयारी भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपाललाई भेट्न पुगेका हुन्।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। एमालेमा देखिएको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ता हुने तयारी भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपाललाई भेट्न पुगेका हुन्। 

उच्च स्रोतका अनुसार दुई जनाबीच कोटेश्वरस्थित व्यवसायी चन्द्रलाल श्रेष्ठको घरमा आज बिहान करिब एक घन्टा भेटवार्ता भएको हो। 

नेपाल निकट एक नेताले पनि भेटवार्ता भएको पुष्टि गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नसकिरहेका बेला प्रचण्डले निरन्तर नेपालसँग सरकारमा सहभागी हुने विषयमा छलफल गर्दै आएका छन्। आजको भेटवार्तामा पनि एमाले विवाद समाधानमा भइरहेको प्रयास र नेपाल पक्ष रकारमा सहभागी हुनेनहुने बारेमा छलफल भएको छ। 

नेता नेपाल पक्षलाई पर्खिरहेको सत्ता गठबन्धन उनको समूह सरकारमा सहभागी नहुने निश्चित भएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छ।सत्ता साझेदार दलहरुले एमालेको नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरिरहेको बेला प्रचण्डले नेता नेपाललाई भेटेका हुन्।

नेता नेपाललाई आफ्नै समूहभित्र सरकारमा सहभागी हुन र नहुन दबाब छ। पार्टी एकताको प्रक्रिया अघि बढिरहेका बेला सरकारमा सहभागी हुनु उचित नहुने तर्क बलियो रहेकाले पनि नेपालले निर्णय दिन सकेका छैनन्। हिजो बसेको नेपाल निकट स्थायी कमिटी सदस्यहरुको बैठकमा पनि एकता प्रक्रिया जारी रहेका बेला सरकारमा सहभागी हुने विषय उचित नहुने बताएका थिए। उपाध्यक्ष युवराज ज्ञवालीले आफूहरु सरकारमा सहभागी नहुने बताएका थिए।

प्रकाशित: Aug 03, 2021| 10:39 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...