मंगलबार, असार २३, २०८३

पीएसजीका मालिक खिलाफीमाथि साइबर आक्रमण

फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का मालिक नासर अल खिलाफीमाथी साइबर आक्रमण भएको छ।
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं- फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का मालिक नासर अल खिलाफीमाथी साइबर आक्रमण भएको छ।

उनले आफू साइबर आक्रमणको सिकार भएको बताउँदै साइबर आक्रमणबाट आफ्ना दुई मोबाइल नम्बर लिक भएको जानकारी दिएका छन्।

आक्रमणकारीले पेगासस नामक ‘स्पाइवेयर’बाट लगातार जासुसी कादम अघि बढाउँदै उनको व्यक्तिगत सूचनाहरु चोरी गरेको थियो। साथै लिग वानको क्लब निर्देशक जिन मार्सल रिब्सले प्रयोग गर्ने ल्याण्डलाइन नम्बरमा पनि आक्रमणकारीले जासुसी गरेका थिए।

फ्रेन्च पत्रिका लि मन्डेले खिलाफीको यस प्रसंगको खुलासा गरेको हो। सो पत्रिकाले खिलाफीविरुद्ध २०१८ को अन्तिममा सो आक्रमण भएको जनाएको छ। त्यतिबेला कतार र साउदीअरेबियाबीच कुटनीतिक द्वन्द्व चलिरहेको थियो। 

अल खिलाफीले चलाइरहेको बिन मिडिया ग्रुपका प्रवक्ताले यस्तो प्रकारको आक्रमण भइरहने गरेको बताएका छन्।
‘हाम्रो व्यवसाय र हाम्रा कर्मचारीमाथि खराब ह्याकर्स र असुरक्षा लगातारको चुनौती हो,’ प्रवक्ताले भनेका  छन्, ‘यो राजनीतिक नभएर व्यवसायिक आक्रमण थियो।’

प्रकाशित: Jul 22, 2021| 17:58 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।