सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले केन्द्रीय कमिटी : माधव नेपाल, भीम रावलसहित ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय

एमाले केन्द्रीय कमिटी : माधव नेपाल, भीम रावलसहित ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी हितविपरीत काम गरेको भन्दै माधव नेपालसहित उनको समूहका विभिन्न नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
 |  शनिबार, चैत ७, २०७७

बीपी अनमोल

बीपी अनमोल

शनिबार, चैत ७, २०७७

काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी हितविपरीत काम गरेको भन्दै माधव नेपालसहित उनको समूहका विभिन्न नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

बालुवाटारमा शनिबार बसेको अध्यक्ष केपी ओली समूहको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधब नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल तथा राम कुमारी झाँक्रीलाई पार्टी हितविरुद्ध काम गरेको, नेतृत्व र पार्टीलाइ खुइलाउन र सरकारको बदनाम गराउ गुटगत भेला गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

यस्तै बैठकले संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरुको बन्द सूचीमा रहेको नाम हाटाउने राख्ने या हेरर्फेर गर्ने अधिकार प्रधानमन्त्रीलाइ प्रत्यायोजन गरेको छ।

बैठकले पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरुको बिदाई, मनोनयन तथा कारबाही गर्ने अधिकार पनि अध्यक्षलाई प्रत्यायोजन गरेको छ।

यस्तै अदालत निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै काम पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय पनि बैठकले गरेको छ।

बैठकले संसदीय दलको विधान पनि अनुमोदन गरेको छ।

बैठकमा पार्टीको महाधधिवेशन, कार्यविभाजन, स्थायी कमिटी पुनर्गठनलगायतका एजेन्डामा छलफल भएको थियो। 

प्रकाशित: Mar 20, 2021| 11:11 शनिबार, चैत ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।