आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भोटेकोशी बाढी : विदेशी नागरिकको उद्धार र समन्वयका लागि आपत्कालीन नियन्त्रण कक्ष स्थापना

भोटेकोशी बाढी : विदेशी नागरिकको उद्धार र समन्वयका लागि आपत्कालीन नियन्त्रण कक्ष स्थापना

 |  आइतबार, भदौ १४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०८३

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीपछि बेपत्ता भएका नेपाली तथा विदेशी नागरिकको खोजी, उद्धार र पहिचानका लागि सरकारले सबै उपलब्ध स्रोतसाधन परिचालन गरेको बताएका छन्। 

शनिबार भोटेकोशी बाढीबारे आयोजित प्रेस ब्रिफिङमा मन्त्री खनालले धेरै विदेशी नागरिकसमेत बेपत्ता भएकाले परराष्ट्र मन्त्रालयमा छुट्टै आपत्कालीन नियन्त्रण कक्ष स्थापना गरिएको जानकारी दिए। 

‘नेपाल सरकार आफ्ना छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय समुदायसँग निरन्तर सम्पर्क र समन्वयमा रहेको छ। धेरै विदेशी नागरिकसमेत बेपत्ता भएकाले परराष्ट्र मन्त्रालयमा छुट्टै आपत्कालीन नियन्त्रण कक्ष (भ्mभचनभलअथ ऋयलतचय िच्ययm) स्थापना गरिएको छ। हाम्रा कूटनीतिक नियोगहरूले पनि प्रमाणित सूचनाको निरन्तर आदानप्रदान तथा अद्यावधिक गरिरहेका छन्। साथै, परिवारसँग सम्पर्क गराउन, आवश्यक सहयोग गर्न, पहिचान तथा स्वदेश फिर्ताको प्रक्रियामा सहजीकरण गरिरहेका छन्,’ उनले भने। 

मन्त्री खनालले भोटेकोशी नदीमा आएको बाढीको पूर्ण कारण अझै यकिन भइनसकेको भन्दै अहिले सरकारको मुख्य प्राथमिकता खोजी, उद्धार, राहत र पुनःस्थापना रहेको बताए।

प्रकाशित: Aug 30, 2026| 09:13 आइतबार, भदौ १४, २०८३
प्रतिक्रिया दिनुहोस्