शुक्रबार, असोज ९, २०८३

डिशहोममा मधेस प्लस च्यानल 

 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

काठमाडौं– डिशहोमले ‘मधेस प्लस’ च्यालनको प्रसारण सुरु गरेको छ। डिशहोमको च्यानल नम्बर ११९ मा ‘मधेस प्लस’ च्यानल हेर्न सकिन्छ। उक्त च्यानलमा भोजपुरी, मैथली र थारुसहित तराई–मधेसमा बोलिने स्थानीय भाषाका चलचित्र, टेलिचलचित्र, गीतसहित विविध मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गरिनेछ। 

हरेक शुक्रबार राति ८ बजे मैथली भाषाको सामाजिक परिवेशमा आधारित समसामयिक टेलिऋंखला ‘मिथिलाञ्चली’ प्रसारण भइरहेको छ। उक्त सिरियल दर्शकले अत्यधिक रुचाउनुका साथै राम्रो प्रतिक्रिय आएको डिशहोमले जनाएको छ। प्राप्त प्रतिक्रियाकै आधारमा ‘मधेस प्लस च्यानल’ मार्फत डिशहोमले विभिन्न मधेस केन्द्रित कार्यक्रम प्रसारणको  तयारी गरिरहेको छ।

दर्शकले हरेक शनिबार दिउँसो १ः ०० बजे भोजपुरी भाषामा हलिउड चलचित्र हेर्न सक्नेछन्। यस्तै दैनिक ८ शो भोजपुरी भाषाको चलचित्र प्रसारण भइरहेको छ। यो च्यानलमा छिट्टै स्थानीय भाषाको गीत संगीत, टेलिचलचित्र तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गर्ने तयारी डिशहोमको छ।   
 

प्रकाशित: Mar 18, 2021| 11:48 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्