शुक्रबार, असोज ९, २०८३

१ करोड ८९ लाख रुपैयाँ विगो दाबी गर्दै मुद्दा

झुटो तथा नक्कली बिलबिजक बनाई राजस्व छली गर्ने व्यवसायीविरुद्ध सरकारले मुद्दा दायर गरेको छ।
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

काठमाडौं- झुटो तथा नक्कली बिलबिजक बनाई राजस्व छली गर्ने व्यवसायीविरुद्ध सरकारले मुद्दा दायर गरेको छ।

राजस्व अनुसन्धान विभागले चितवनको सन्तोषी निर्माण सेवा र सन्तोषी/लोहनी जेवीका सञ्चालक एवम् मुख्य कारोबारी केशवराज कंडेलसमेत ३ जनाविरुद्ध १ करोड ८९ लाख २७ हजार रुपैयाँ विगो दाबीसहित कैद र जरिवाना माग गर्दै पाटन उच्च अदालतमा मुद्दा दर्ता गरेको हो।

उनले आर्थिक प्रलोभन देखाई सर्वसाधारण व्यक्तिको नागरिकता र सहीछाप दुरुपयोग गरी नक्कली बिलबिजक बनाई राजस्व चुहावट गर्ने गरेको पाइएको राजस्व अनुसन्धन विभागले जानकारी दिएको छ। 

नक्कली कर बिजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावटको कसुर गरेको देखिएकाले राजस्व चुहावट ऐन २०५२ अनुसार मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ।

प्रकाशित: Mar 18, 2021| 11:37 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्