शुक्रबार, असोज ९, २०८३

४३ अंकले बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ४२.९५ अंकले बढेको छ। 
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ४२.९५ अंकले बढेको छ। 

सुरुआतदेखि बढेको बजार २४७५.०९ विन्दुमा पुगेर रोकिएको हो। 

आज २१३ कम्पनीको १ करोड ११ लाख ३० हजार कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ६४ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

बिहीबार व्यापार बाहेक सबै समूहको सूचक बढेको छ। व्यापार समूहको सूचक भने १.०६ अंकले घटेको छ। आज यूनाइटेड मार्दी आरबी

जलविद्युतका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। 

त्यस्तै ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको सेयर मूल्य पनि १० प्रतिशतले उकालो लागेको छ। 

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य चाहिँ ६.८५ प्रतिशतले घटेको छ।  
 

प्रकाशित: Mar 18, 2021| 09:24 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्