मंगलबार, साउन २०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • वैदेशिक सहायता प्रतिबद्धता १ खर्ब ८७ अर्ब, आयो ३२ अर्ब 

वैदेशिक सहायता प्रतिबद्धता १ खर्ब ८७ अर्ब, आयो ३२ अर्ब 

सात महिनामा १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता आएको थियो। तर यो अवधिमा नेपालले जम्मा ३२ अर्ब ८५ करोड रुपैयाँ मात्र वैदेशिक सहायता प्राप्त गरेको छ।
 |  बिहीबार, चैत ५, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

vianetvianet

काठमाडौं– चालु आर्थिक वर्षको सात महिनामा प्रतिबद्धता जनाएकोभन्दा निकै कम वैदेशिक सहायता आएको छ। 

सात महिनामा १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता आएको थियो। तर यो अवधिमा नेपालले जम्मा ३२ अर्ब ८५ करोड रुपैयाँ मात्र वैदेशिक सहायता प्राप्त गरेको छ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म मुलुकले ७ अर्ब ४६ करोड रुपैयाँ अनुदान र २५ अर्ब ३९ करोड रुपैयाँ ऋण सहायता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अनुदान सहायता ९.७ प्रतिशत अर्थात् १८ अर्ब १८ करोड रुपैयाँ प्रतिबद्धता आएको छ। ९०.३ प्रतिशत अर्थात् १ खर्ब ६९ अर्ब २५ करोड रुपैयाँ भने ऋण सहायताको लागि प्रतिबद्धता आएको छ। 

मन्त्रालयका अनुसार शिक्षा क्षेत्रमा ४ अर्ब ४६ करोड रुपैयाँ, ऊर्जा क्षेत्रमा ४६ अर्ब १४ करोड, पुनर्निर्माणमा ६० करोड, शहरी विकासमा १७ अर्ब ७६ करोड, सडक तथा सुशासनको क्षेत्रमा ५४ अर्ब, खानेपानी तथा सरसफाइको क्षेत्रमा ५ अर्ब ८९ करोड र कृषि क्षेत्रमा  १० अर्ब ६५ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ। 

त्यस्तै, कोरोना नियन्त्रण तथा रोकथामको लागि १ अर्ब ३२ करोड, स्वास्थ्यमा ३ खर्ब ४० करोड, वन तथा वातावरणको लागि ३ अर्ब ४० करोड, क्षमता विकासको लागि १७ अर्ब ७६ करोड, बजेटरी सहायताको लागि २३ अर्ब ६८ करोड बराबरको वैदेशिक सहायता प्रतिद्धता आएको अर्थ मन्त्रालयले जनाएको छ। 

कुल सहायता प्रतिद्धतामध्ये द्धिपक्षीय सहायता ३.३ प्रतिशत र बहुपक्षिय सहायता ९६.७ प्रतिशत छ। 

कुल वैदेशिक  सहायता प्रतिबद्धतामा सडक तथा सुशासन क्षेत्रमा सबैभन्दा बढी २८.८ प्रतिशत, ऊर्जा क्षेत्रमा २४.६ प्रतिशत र बजेटरी सहायताको रुपमा १२.६ प्रतिशत प्रतिबद्धता आएको छ। 

चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक सहायता प्रतिबद्धता चाहिँ ७१.५ प्रतिशतले वृद्धि भएको छ। 

मन्त्रालयका अनुसार गत आर्थिक वर्षको माघ महिनासम्म १ खर्ब ९ अर्ब  २८ करोड रुपैयाँ वैदेशिक सहायत प्रतिबद्धता आएको थियो।

 

प्रकाशित: Mar 18, 2021| 07:52 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्