आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

अशोक कोइराला : विराटनगर विकासका थालनीकर्ता

तत्कालीन विराटनगर उपमहानगरपालिकाका पहिलो मेयर हुन् अशोक कोइराला।
 |  बिहीबार, चैत ५, २०७७
nespernesper

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बिहीबार, चैत ५, २०७७

विराटनगर– तत्कालीन विराटनगर उपमहानगरपालिकाका पहिलो मेयर हुन् अशोक कोइराला। उनको आज बिहीबार बिहान न्युरो अस्पताल विराटनगरमा निधन भएको छ। ७७ वर्षीय कोइराला बुधबार अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए। 

triton college

अस्पताल पुगेको २४ घण्टा नबित्दै उनको निधन भएको थियो। कोइरालाको आज दिउँसो शवयात्रापछि अन्त्येष्टि गरिने कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले बताए। दिउँसो १ बजे घरबाट शवयात्रा निकाली पार्टी कार्यालयमा १ घण्टा राखेर विश्रान्ति घाट हाटखोलामा अन्त्येष्टि गरिने भएको छ। 

कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिनका लागि नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, डा. डिला संग्रौला लगायतका नेताहरु विराटनगर आइसकेका छन्। श्रद्धाञ्जलीपछि विराटनगरमा शव यात्रा पनि गरिनेछ।

विराटनगर महानगरपालिकाका प्रमुख तथा विराटनगर कांग्रेस सभापति भीम पराजुलीले कोइरालाको निधनले सिंगो कांग्रेस पार्टी र विराटनगर महानगरपालिका स्तब्ध एवं मर्माहत भएको बताए। राजनीतिका मार्गदर्शक गुमाउनु पर्दा सबै क्षेत्र स्तब्ध भएको पराजुलीको भनाइ छ। कोइरालाका श्रीमती, एक छोरा र एक छोरी छन्। 

विकास निर्माणका थालनीकर्ता 

Metro Mart
vianet

कोइराला विराटनगरमा विकास निर्माणका थालनीकर्ताका रुपमा परिचित छन्। उनी मेयर भएपछि विराटनगरका सडक चाैंडा पार्ने र आउटलेट ड्रेन निर्माण गर्ने कामले तीव्रता पाएको थियो। 

विराटनगरका बासिन्दाले उनलाई सडक चाैंडा पार्ने कामको सुरुवात र आउटलेट ड्रेन निर्माणकर्ताका रुपमा सम्झने गरेका छन्। पत्रकार तथा प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्मा कोइरालालाई आफ्नो कार्यकालमा विराटनगरका सडक चाैंडा पार्ने कामको सुरुवात गर्ने मेयरका रुपमा स्मरण गर्छन्। विराटनगर महेन्द्र चोकदेखि बरगाछीसम्मको सडक उनकै पालामा चाैंडा भएको थियो।

सडक चाैंडा पारेको समाचार राष्ट्रिय स्तरको बनेको उनले स्मरण गरे। उनले भने, ‘नेपालकै चाैंडा सडक भनेर समाचार छापिएको थियो।’ विराटनगरको जत्रो सडक नेपालमै त्यो बेला कतै नभएको पत्रिकाहरुले लेखेको उनले बताए। कांग्रेस मोरङ क्षेत्र नम्बर ४ का सचिव सन्तनु रेग्मीका अनुसार कोइरालाले साना–साना नालाहरुलाई मुख्य नालामा जोड्ने र सुन्दर विराटनगरको परिकल्पना गर्दै सडक चाैंडा पार्ने काम गरेको बताए। 

सानैदेखि राजनीतिमा

अशोक कोइराला सानैदेखि राजनीतिमा लागेका थिए। पारिवारिक पृष्ठभूमिका कारण पनि उनी सानैदेखि राजनीतिमा लागेको कांग्रेस मोरङ क्षेत्र नम्बर ४ का सचिव रेग्मीले बताए। राजनीति बाहेक अन्य कुनै काम कोइरालाले नगरेको उनले सुनाए।

नेपालका पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति स्वर्गीय सुशिल कोइरालाका भाइ कोइराला नेपाली कांग्रेस मोरङको सभापति, संविधानसभा सदस्य एवं राष्ट्रिसभाका पूर्वउपाध्यक्षका साथै दर्जनौं सामाजिक संघसंस्थामा थिए। 

दुईपटक निर्वाचन

०४८ सालमा भएको स्थानीय निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुवोधराज प्याकुरेललाई पराजित गर्दै उनी पहिलो मेयर बनेका हुन्। प्याकुरेल अहिले प्रदेश १ योजना आयोगका उपाध्यक्ष छन्। 

०४८ सालमा उपमहानगरको निर्वाचन विवादित बनेपछि पुनः निर्वाचन गरिएको थियो। कांग्रेसबाहेकका दलले बुथ क्याप्चर भएको आरोप लगाएपछि पुनः निर्वाचन गरिएको थियो। दलहरुको संयुक्त बैठकले बुथ क्याप्चर गरेको आरोप लगाउँदै पुनः निर्वाचनमा सहभागी नहुने निर्णयसमेत गरेको थियो। निर्वाचन बहिस्कारको निर्णय गरेको एमालेलाई निर्वाचनमा सहभागी हुन तत्कालिन एमाले महासचिव मदन भण्डारीले निर्देशन दिएको पुराना राजनीतिकर्मीहरु सुनाउँछन्।

एमाले केन्द्रीय सदस्य तथा प्रदेशका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोइराला व्यक्तिगत रुपमा असल नेता भएको बताए। ०४६ सालको जनआन्दोलनमा अशोक कोइरालासँगै आन्दोलनमा सहभागी भएको उनले सुनाए। आन्दोलनको समयमा भएको झडपमा उनको टाउकोमा गहिरो चोट लागेको थियो। 

तत्कालिन महेन्द्र मोरङ क्याम्पसका स्ववियू सभापति तथा एमाले नेता महेश रेग्मीले कोइराला लोकतन्त्रप्रति जीवन समर्पित गरेको व्यक्ति भएको बताए। आफूसँग घनिष्ट सम्बन्ध भएको र प्रतिगमनको आन्दोलनमा सँगै सडकमा आएको स्मरण गरे। उनले भने, ‘म काठमाडौं आएको समयमा उहाँको निधन भयो। अन्त्येष्टिमा सहभागी हुन पाइन।’ 

प्रकाशित: Mar 18, 2021| 06:35 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।