शुक्रबार, असोज ९, २०८३

आइक्यासले पायो डिजिटल भुक्तानी प्रदायकको अनुमति

नेपाल राष्ट्र बैंकले आइक्यास प्रालिलाई नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदान गर्नका लागि अनुमतिपत्र प्रदान गरेको छ।
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

काठमाडौं– नेपाल राष्ट्र बैंकले आइक्यास प्रालिलाई नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदान गर्नका लागि अनुमतिपत्र प्रदान गरेको छ।

राष्ट्र बैंकको ‘भुक्तानी तथा फर्छ्योट विनियमावली २०७२’ बमोजिम आइक्यास प्रालिले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो। २०७७ साल साउन ६ गते दर्ता भएको यो कम्पनीले नियामक नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेसँगै अवको केही दिनमै आफ्नो सेवा सेवाग्राहीमाझ ल्याउने भएको छ ।

२५ वर्षीय युवा चार्टर्ड एकाउन्टेन्ट पदम भट्टराईको नेतृत्वमा स्थापना भएको यो कम्पनीले नेपालमा नगदरहित कारोबारमा जोड दिनेगरी डिजिटल भुक्तानी सेवालाई थप परिस्कृत बनाउने र नेपालमा वित्तीय साक्षरतालाई अभिवृद्धि गर्ने लक्ष्यसमेत लिएको छ।

डिजिटल भुक्तानीका अलावा कम्पनीले आइक्यासलाई डिजिटल बैंकिङकै परिस्कृत रुपका रुपमा अगाडि बढाउने लक्ष्य लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पदम भट्टराईको भनाइ छ। 
 

प्रकाशित: Mar 18, 2021| 06:05 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्