शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिभिल बैंकको नगदरहित अभियान धनगढीको दैनिक कृषि उपज हाट बजारमा

सिभिल बैंकको नगदरहित अभियान धनगढीको दैनिक कृषि उपज हाट बजारमा

 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

काठमाडौं– सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिंदै धनगढीको दैनिक कृषि उपज हाट बजारका विभिन्न ब्यापारीहरुलाई क्युआर कोड वितरण गरेको छ । 

उक्त बजारका विभिन्न ब्यापारीहरुलाई सिभिल बैंकको क्युआर कोड वितरण गरी नगदरहित अभियानलाई प्रोत्साहन गरेको छ । सो कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशक सुवासचन्द्र घिमिरे, उक्त बजार व्यवस्थापन समितीका अध्यक्ष पदम बहादुर चन्द, सिभिल बैंकका सुदूरपश्चम प्रदेशका प्रमुख दीपक जोशी, शाखा प्रबन्धक संजोग भट्ट लगायत सो क्षेत्रका व्यवसायीहरु, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो । 

कार्यक्रमको उद्घाटनमा बोल्दै प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशक सुवास चन्द्र घिमिरेले हाल विद्यमान कोरोनाको महामारीमा आफूलाई जोगाउन मात्र नभई नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरीहार्य कुरा भएको बताए । 
 

प्रकाशित: Mar 18, 2021| 05:59 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्