शुक्रबार, असोज ९, २०८३

नागरिक लगानी कोषले मनायो ३१ औं वार्षिकोत्सव

 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

काठमाडौ– अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले पूर्वाधार र उत्पादनशिल क्षेत्रमा नागरिक लगानी कोषले लगानी परिचालन गर्नुपर्ने बताएका छन्।
कोषको ३१ औं वार्षिकोत्सवको अवसरमा सचिव पुडासैनीले पूँजी बजारको स्थायित्व, गतिशिलता र विकासका लागि कोषको तर्फबाट थप काम गर्नुपर्ने समय आएको  बताएका हुन्। 

उनले वित्तीय उत्तरदायित्व, पारदर्शिता, संस्थागत सुशासन र आकर्षक सामाजिक सुरक्षा योजना कार्यान्वयन नै कोषको प्रगतिको आधार स्तम्भ भएको धारणा राखे। त्यसैगरी कोषले पुँजी बजारको विकास, गतिशिलता र बजारको स्थायितत्वको बिषयमा काम गर्नुपर्ने बताए।

कार्यक्रममा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईले चालू आर्थिक वर्षको फागुन मसान्त सम्म कोषले संचालनमा रहेका योजनाबाट १ खर्ब ६७ अर्ब ९९ करोड पुँजी संकलन गरी १ खर्ब ६३  अर्ब  ३० करोड रुपैयाँ लगानी गरेको बताए। डा. भट्टराईले उच्च आर्थिक विकासमार्फत समाजमा विद्यमान बेरोजगारीको अन्त्य गर्न नसेकसम्म दिगो विकास र स्थायित्व प्राप्त गर्न नसकिनेमा जोड दिए।

कोषका कार्यकारी निर्देशक रमण नेपालले सेवाग्राहीको सेवालाई ध्यानमा राख्दै उपत्यका बाहिर बिराटनगर र पोखरामा शाखा कार्यालय संचालन गरीरहेकोमा सुदुरपश्चिम प्रदेशको अत्तरिया र लुम्विनी प्रदेशको बुटवलमा शाखा विस्तारको लागि भवन भाडामा लिई कार्यसंचालन गर्ने तर्फ कोषले काम शुरु गरिसकेको बताए।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले कोषले कुल लगानीको ६–७ प्रतिशत मात्रै पुँजी बजारमा लगानी गरेको भन्दै यो प्रतिशत बढाउन आग्रह गरे। स्वदेशी मात्रै नभएर विदेसी स्रोत र साधनलाई परिचालन गर्नुपर्ने आवश्यकता उनले औल्याए। कोष कर्मचारी युनियनका अध्यक्ष सुरेश चालिसेले समग्र कर्मचारीको हकहितमा काम गर्नुपर्ने धारणा राखे।

प्रकाशित: Mar 18, 2021| 02:12 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्