शुक्रबार, असोज ९, २०८३

मेगा बैंकका ग्राहकलाई फुडमाण्डूमा १५ प्रतिशत छुट

 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडका ग्राहकले फुडमाण्डूमार्फत खानाका परिकार खरिद गर्दा विशेष छुट पाउने भएका छन्। 

फुण्डमाण्डूसँगको सहकार्यमा ‘मेगा मण्डे’ नामक अभियानको संचालन गर्दै मेगा बैंकले हरेक सोमबार १५ प्रतिशत छुट अथवा ३ सय रुपैयाँसम्मको ‘क्यासब्याक’ अफर ल्याएको हो। यस अभियान अन्तर्गत मेगा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले फूडमाण्डूको एप्स प्रयोग गरी रकम भुक्तानी गर्नुपर्नेछ। 

डिजिटल बैंकिङ अन्तर्गत नगदबिहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैंकले फूडमाण्डूसँगको सहकार्यमा यो अभियान ल्याएको मेगा बैंकका कार्ड तथा वैकल्पिक च्यानल विभागका प्रमुख विश्व सिंहले बताए। 
 

प्रकाशित: Mar 17, 2021| 12:48 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्