आइतबार, असार २८, २०८३

पत्रकार थापालाई गोगो फाउण्डेशन अवार्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं । गोगो फाउण्डेशनले मुलुकमा असल शासन अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्‍याएबापत पत्रकार हरिबहादुर थापालाई ‘गोगो फाउण्डेशन अवार्ड’ बाट सम्मानित गर्ने भएको छ । 

यो वर्ष पत्रकारिताको माध्यमबाट भ्रष्टाचारविरूद्धको अभियानमा विशिष्ठ योगदान गर्नुहुने कान्तिपुर दैनिकका सम्पादक हरिबहादुर थापालाई उक्त अवार्ड प्रदान गर्ने निर्णय गरिएको फाउण्डेसनका कार्यकारी निर्देशक केदार खडकाले जानकारी दिए । 

फाउण्डेशनले मुलुकमा असल शासन अभिवृद्धिका लागि विशिष्ट योगदान गर्ने ‘पत्रकार’, ‘सार्वजनिक प्रशासक’ तथा ‘सामाजिक अभियन्ता’को पहिचान गरी त्यस्ता व्यक्तिलाई उत्पे्ररित गर्ने उद्देश्यले उक्त अवार्डको स्थापना गरेको हो । 

फाउण्डेसनले यो अवार्ड उल्लेखित तीन क्षेत्रमध्ये हरेक वर्ष कुनै एक क्षेत्रबाट सुशासनका लागि भ्रष्टाचारविरूद्धको अभियानमा विशिष्ट योगदान पुर्‍याउने एकजना व्यक्तित्वको चयन गरी सम्मान–पत्र, रनिङ शिल्ड तथा नगद पुरस्कारबाट सम्मानित गर्दै आएको छ । 

यसअघि डा भगवान कोइराला र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सो पुरस्कारबाट सम्मानित गरिएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।