बिहीबार, वैशाख ३१, २०८३

याक एण्ड यतिमा श्रीलंकाली खाना महोत्सव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौ : वैशाख ११ देखि १९ गतेसम्म स्थानीय याक एण्ड यति होटलमा श्रीलंकाली खाना महोत्सव भएको छ । 

नेपालका लागि श्रीलंकाका राजदूत डब्ल्यू एस पेरेराले आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवबारे जानकारी दिँदै श्रीलंका र नेपालबीचको कूटनीतिक सम्बन्ध ६० वर्ष पुरानो भए पनि जनस्तरको सम्बन्ध शताब्दीऔँ पुरातन रहेको बताए।

“बुद्धको जन्मस्थल नेपाल हरेक श्रीलंकालीका निम्ति पवित्र तीर्थस्थल हो, धर्म र संस्कृतिले हाम्रो सम्बन्धलाई अझ प्रगाढ एवं सुदृढ तुल्याएको छ, यस्ता खाद्य महोत्सवले आर्थिक सम्बन्ध विस्तारमा पनि मद्दत गर्छ,” जनस्तरको सांस्कृतिक सम्बन्धबारे चर्चा गर्दै उनले दिए।

महोत्सवमा ८३ वर्षीय श्रीलंकाली पाककलाका जानकार डा पुबिस सिल्भाले पस्कने विविध परिकारको स्वाद लिन पाइने छ । 

पत्रकार सम्मेलनमा उनले श्रीलंकाली खानामा औषधिजन्य मरमसलाबाहेक कृत्रिम र स्वाद मिसेर खाना तयार नगर्ने परम्परा रहेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्