आइतबार, वैशाख २७, २०८३

अमेरिकालाई किमकी बहिनीको धम्की

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी यो जोङले अमेरिकालाई आफ्नो निद्रा बिगार्ने गतिविधि नगर्न चेतावनी दिएकी छन्।
 |  मंगलबार, चैत ३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०७७

National life

काठमाडौं– उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी यो जोङले अमेरिकालाई आफ्नो निद्रा बिगार्ने गतिविधि नगर्न चेतावनी दिएकी छन्।

अमेरिकाका रक्षामन्त्री लोयड अस्टिन र परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केन सोमबार जापान पुगेर चीनविरुद्ध सैन्य गठबन्धन बनाउन तथा आणविक शक्ति सम्पन्न उत्तर कोरियाविरुद्ध संयुक्त मोर्चा गर्न खडा गर्न जुटेपछि जोङको यो भनाइ आएको हो।
 
सर्वोच्च नेता किमकी प्रमुख सल्लाहकारसमेत रहेकी जोङको यो चेतावनी अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनप्रति लक्षित भएको बताइएको छ। यद्यपि, उनले बाइडेनको नाम भने लिइनन्।

अमेरिका र दक्षिण कोरियाले गत सातादेखि संयुक्त सैन्य अभ्यास गरिरहेका छन्। प्योङयाङको आधिकारिक पत्रिका रोदोङ सिनमुनले उत्तर कोरियामा बन्दुकको बारुदको गन्ध फैलाउन चाहने अमेरिकाको नयाँ प्रशासनलाई सल्लाह दिन चाहेको उल्लेख गरेको छ।

प्रकाशित: Mar 16, 2021| 10:32 मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।