आइतबार, असार २८, २०८३

उफ ! बाँकेको गर्मी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
प्रचण्ड गर्मी र दिउँसो चल्ने तातो हावा (लू) का कारण बाँके जिल्लाको दैनिक जनजीवन प्रभावित बन्दै गएको छ । 

मध्यदिनमा करीब ४५/४६ डिग्री सेल्सियसको आसपास रहेको यहाँको तापक्रमका कारण जिल्लावासी जनजीवन अत्यन्त कष्टकर भएको छ । आवश्यक काम बाहेक स्थानीबासी बिहान र बेलुका घरवाट बाहिर निस्कदैनन् । 

गर्मी बढदै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति समेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री ह्वात्तै बढेको छ । 

यहाका बासिन्दाले गर्मीयाममा प्रायः काँक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फी अधिक सेवन गर्ने गर्दछन् । जेठको पहिलो सातादेखि बढेको प्रचण्ड गर्मी र तातो हावाका कारण सरुवा रोगका साथै घाउ, खटिरा, एलर्जी, झाडापखालाका बिरामीको चाप पनि स्थानीय अस्पतालमा बढ्न थालेको अस्पतालका चिकित्सक बताउँछन् । 

जिल्लाको भेरीअञ्चल अस्पताल, नेपालगञ्ज तथा कोहलपुर शिक्षण अस्पताल, जानकी अस्पताल, सिद्धार्थ अस्पतालमा दैनिक सरदर ३५/४० जना गर्मीका कारण हुने रोगका बिरामी उपचारार्थ आउने गरेको जनाइएको छ । 

अर्कोतर्फ गर्मी बढेसँगै नेपालगञ्जमा विद्युत् अनियमितताका कारण यहाँका नागरिकले थप कष्ट भोग्नु परेको छ । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रबाट वितरण हुँदै आएको विद्युत् नियमित नहुनु, भोल्टेज कम आउनु, कुनै पनि बेला बिना सूचना विद्युत् सेवा बन्द हुनुका कारण नागरिकले थप कष्ट व्योहोर्नुभएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।