आइतबार, असार २८, २०८३

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नेपालगञ्ज । बाँके जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिएको छ । 

तीन सय कैदीबन्दी बस्न सक्ने क्षमताको सो कारागारमा अहिले छ सय ५५ कैदीबन्दी रहेको कारागार प्रमुख मोहन लामिछानेले बताए । 

कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० सालमा स्थापना गरिएको नेपालगञ्जस्थित बाँके जिल्ला कारागारलाई नागरिकको सुरक्षाका दृष्टिकोणले पनि अन्यत्र सार्नुपर्ने प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीको भनाइ छ । 

यसलाई नै दृष्टिगत गरी अहिले बाँके जिल्लाको गनापुरमा खुल्ला कारागार निर्माणकार्य समेत शुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी केसीका अनुसार, आठ बिगहा क्षेत्रफलमा फैलिएको सो खुल्ला कारागारको दुई कोठा र ब्यारेक निर्माण कार्य सकिएको छ भने अन्य संरचना निर्माण भइरहेका छन् । 

यसैगरी, बाँकेकै नौवस्तामा पनि १० बिगहा क्षेत्रफलमा नेपालगञ्ज कारागारको निर्माणकार्य थालिएको छ । यी दुबै कारागारको निर्माण कार्य पाँच वर्षभित्र सक्ने गरी समय निर्धारण गरिएको पनि उनले जानकारी दिए । 'यी दुबै कारागार निर्माण भएपछि सम्भवत् नेपालगञ्जको मानव बस्ती बीचमा रहेको बाँके जिल्ला कारागार त्यहाँ नरहन सक्छ,' प्रजिअ केसीले भने ।

यसैबीच, बाँके जिल्लाका अधिकारकर्मीले बाँके जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षको अनुगमन निरीक्षण गरेका छन् । 

अधिकारकर्मी वसन्त गौतम, बलबहादुर चन्द, विश्वजित तिवारी र चित्रबहादुर केसीको टोलीले गरेको अनुगमन निरीक्षणपछि कारागार र थुनुवा कक्षको अवस्था सुधारका लागि सम्बद्ध पक्षसँग आग्रह गरिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।