शुक्रबार, कात्तिक ६, २०८३

अक्सिजन उद्योग स्थापना गरिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

नुवाकोट । पछिल्लो समय नुवाकोटमा ठूला लगानीका उद्योग स्थापना हुने क्रम बढेको छ । विदुर नगरपालिका–५ पिपलटारमा ठूलो लगानीको अक्सिजन उद्योग स्थापना गरिने भएको छ । 

पिपलटारमा स्थापना हुन लागेको सिद्धिगणेश अक्सिजन उद्योग प्रालिले वातावरणीय प्रभावको विषयमा सार्वजनिक सुनुवाइ गरी उद्योग स्थापनाको विषयमा स्थानीयवासीसँग छलफल गरेको छ । उद्योग स्थापना गर्नुअगाडि गर्नुपर्ने सार्वजनिक सुनुवाइको आयोजना गर्दै कम्पनीले उद्योगबाट पर्न सक्ने असर तथा प्रभावको विषयमा जानकारी गराएको कम्पनीका सञ्चालक दीपक खतिवडाले जानकारी दिए । 

२० करोड रुपैयाँ लगानी गरी ५६ जनालाई रोजगारी दिने उद्देश्यका साथ उद्योग स्थापना गर्न लागेको हो । स्थानीयवासीलाई प्राथमिकतामा राखेर रोजगारी दिने तथा कम्पनीका तर्फबाट हुन सक्न सबै प्रकारका सहयोग स्थानीयवासीलाई गर्ने सञ्चालक खतिवडाले बताए । 

घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष सूर्य कँडेलले उद्योगको स्थापनाका लागि आउने सबै सरोकारवालालाई सहयोग गर्नुपर्ने बताए । अक्सिजन उद्योग स्थापनाले समुदायमा कुनै असर नगर्ने भएकाले सबैको सहयोग आवश्यक रहेको कँडेलले बताए । अक्सिजन उद्योग स्थापना हुँदा नागरिकमा सामान्य रुपमा मात्रै असर हुने र त्यसको असर न्यूनीकरणका लागि कम्पनीले न्यूनीकरणका उपकरण जडान गर्नुपर्ने वातावरणीय विज्ञ डा. केदार ढकालले जानकारी दिए । 

स्थानीयस्तरमा उद्योगको स्थापना हुँदा रोजगारीको अवसरमा र अप्रत्यक्ष रुपमा स्थानीयस्तरमा आर्थिक उन्नति हुनेछ । नागरिक सुनुवाइ कार्यक्रममा स्थानीयवासीले उद्योगबाट समुदायमा असर पर्न सक्ने भएमा त्यसलाई व्यवस्थित गर्नका लागि आग्रह गरेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।