शुक्रबार, असार २६, २०८३

रोनाल्डोको ह्याट्रिकमा युभेन्टसको जित

इटालियन सिरी ए अन्तर्गत आइतबार राति सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोले घरेलु टिम क्यालिग्रीविरुद्ध ह्याट्रिक गरेका छन्।
 |  सोमबार, चैत २, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०७७

काठमाडौं – इटालियन सिरी ए अन्तर्गत आइतबार राति सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोले घरेलु टिम क्यालिग्रीविरुद्ध ह्याट्रिक गरेका छन्।

रोनाल्डोले खेलको १०औं र २५औं र ३२औं मिनेटमा गोल गर्दै पहिलो हाफमै युभेन्टसलाई ३–० गोलको अग्रता दिलाएका थिए।

क्यालिग्रीको मैदानमा सम्पन्न खेलको दोस्रो हाफमा घरेलु टिमले एक गोल फर्काएसँगै खेलको नतिजा ३–१ बन्यो। 

यससँगै २६ खेलबाट ५५ अंक जोडेको युभेन्टस शीर्षस्थानको इन्तर मिलानभन्दा १० अंकले पछि छ।

इन्टर मिलानले गएरातिको खेलमा टुरिनको मैदानमा घरेलु टिमलाई २–१ गोलले पराजित गरेको थियो। इन्टरको जितका लागि रोमेलु लुकाकू र लाउतारो मिटिनेजले समान १–१ गोल गरेका थिए।

आइतबार रातिको अर्को खेलमा नापोलीसँग १–० गोलको हार बेहोरेको एसी मिलान ५६ अंकका साथ दोस्रो स्थानमा छ। 

मिलान डर्बीले २७ खेलमा सहभागिता जनाएका छन् भने तेस्रो स्थानको युभेन्टसले २६ खेल खेलेको छ।
 

प्रकाशित: Mar 15, 2021| 01:24 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।