शुक्रबार, जेठ १, २०८३

अनेसासको अधिवेशन सम्पन्न

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको १० औं अधिवेशन सम्पनन् भएको छ । सोही अवसरमा ४२ औँ साहित्य श्रृंखला तथा कृति विमोचन कार्यक्रम पनि सञ्चानल गरिएको समाजका अध्यक्ष विष्णुप्रसाद घिमिरेले जानकारी दिए । 

टोकियोको सिनओकुवोमा भएको कार्यक्रममा  नेपाली दूवासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले नेपाली समाजमा सचेतना फैलाउन साहित्यले महत्वपूर्ण भूमिका खेल्ने भएकोले साहित्य सृजनामा सर्जकहरुले संवेदनशील भएर लाग्नुपर्ने बताए । नेपाली साहित्यलाई विश्वस्तरमा पुर्याउनका लागि जापानी लगायत विभिन्न भाषामा नेपाली साहित्यिक कृतिहरुको अनुवाद गर्न आग्रह गर्दै उनले यसका लागि दूतावासले आवश्यक सहयोग गर्ने बताए । 

त्यस्तै केन्द्रका उपाध्यक्ष प्रकाश पौडेल माइलाले नेपाली साहित्यलाई पनि अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि स्रष्टाहरुले सृजनाको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका थिए । 

कार्यक्रममा स्रष्टा विष्णु प्रसाद घिमीरेको 'एक्लो विजेता' नामक पहिलो कविता संग्रह,अनेसास जापान को 'नेपाली डायस्पोरा' (जापान विमोचन) तथा साहित्यकार हरि कल्पितको कथा संग्रह 'आस्था' को विमोचन गरिएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।