शुक्रबार, जेठ १, २०८३

युगान्डामा एक नेपालीको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
युगान्डामा एक नेपाली युवाले आत्महत्या गरेका छन् । स्याङ्जाको कुवाकोट-३, अन्धिघाटका ४० वर्षीय चिरञ्जीवी पङ्गेनीले अफ्रिकी मुलुक युगान्डामा म‌ंगलबार आत्महत्या गरेका हुन् । 

गैर आवासीय नेपाली स‌ंघ युगान्डाका अनुसार शव पोस्टमार्टमका लागि आफन्तको स्वीकृति आइसकेको छैन । घटनाबारे युगान्डा प्रहरीले आबश्यक जाँचबुझ गरिरहेको जनाइएको छ ।

बुढाथोकीका परिवारलार्इ ३१ लाख

यसैबीच गत वर्ष युगान्डामा मृत्यु भएका भोजपुरको षडानन्द नगरपालिका, केउरेनीपानीस्थित साल्माका नेपाली युवा पोस्टबहादुर बुढाथोकीका परिवारलाई एनआरएनए युगान्डाको पहलमा उनी कार्यरत कम्पनी कामुली सुगर लिमिटेडबाट राहत र बिमा बापत नेपाली २३ लाख रुपैयाँ नेपाल पठाइएको छ ।    

एनआरएनए युगान्डाका अध्यक्ष राजमणि भन्डारीका अनुसार बुढाथोकीकी आमा इन्द्रमाया बुढाथोकीको खातामा पाँच हजार चार सय ५० अमेरिकन डलर र छोरी अन्जली बुढाथोकीको नाममा १६ हजार नौ सय ५० अमेरिकन डलर बैंकबाट पठाइएको हो । छोरी नाबालिक हुन्जेल मुद्दती खातामा उनको रकम रहने ब्यबस्था गरिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।