सोमबार, चैत २, २०८२

कतारबाट तीन नेपालीको उद्दार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
बैदेशिक रोजगारीका लागि कतार पुगेका तीन नेपाली कामदारको उद्दार गरिएको छ । उनीहरुलार्इ नेपाल पत्रकार महासंघको अगुवाई उद्दार गरिएको हो । 

काठमाडौंस्थित रोयल इन्टरनेसनल ओभरसिज प्रालिबाट कतार पुगेका उनीहरुलार्इ सम्झौता अनुसारको सुविधा नपाएर बिचल्लीमा परेका अर्घाखाँचीको भूमिकास्थान-७ का तिलबहादुर रायमाझी, नवलपरासीको सुनवल-१ का भीम चौधरी र रौतहटका सन्तोष पण्डितलाई घर फर्काउन सहयोग गरिएको हो । 

६ अप्रिलमा कतार पुगेका उनीहरुलार्इ कम्पनीले गाडीको मर्मत सम्हार तथा पेन्टरको काम लगाउने भनेर म्यानपावर कम्पनीलाई भिसा दिएको थियो । तर तीनैजना कामदारलाई उक्त काम गर्न नआएको भन्दै रोजगारदाताले यातना दिएर खाने बस्ने सुविधा नदिँदा बिचल्लीमा परेका थिए । 

युएईमा कार्यरत रहँदा चिनजानका साथीलाई पीडितमध्येका तिल बहादुरले सम्पर्क गरेपछि दुबईमा काम गर्ने नेपालीमार्फत कतारमा कार्यरत अर्घाखाँची सेवा समाज कतारका द्वितीय उपाध्यक्ष रामप्रसाद पराजुली र अर्घाखाँची सेवा समाजका महासचिव समेत रहेका पत्रकार टेकराज थापाले पीडितहरुलाई खाद्यान्न र नगद सहयोग गरेका थिए । 

पत्रकार थापाले पीडितहरुबारेमा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँलाई जानकारी दिएलगत्तै अध्यक्ष एजेन्टलाई सम्पर्कमा ल्याई पीडितहरुलाई यथाशक्य उद्दार गर्न ताकेता गरेर दुताबासलाई जानकारी गराएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।