शुक्रबार, कात्तिक २८, २०८२

अनुप्रस्थ व्याण्डको ‘सम्झेर मलाई’ सार्वजनिक

लोकप्रिय नेपाली व्याण्ड ‘अनुप्रस्थ’ को नयाँ गीत ‘सम्झेर मलाई’ को भिडियो सार्वजनिक भएको छ।
 |  शनिबार, फागुन २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २९, २०७७

काठमाडौं- लोकप्रिय नेपाली व्याण्ड ‘अनुप्रस्थ’ को नयाँ गीत ‘सम्झेर मलाई’ को भिडियो सार्वजनिक भएको छ।

National life

व्याण्डले शिवरात्रीको अवसर पारेर बिहीबार बेलुका राजधानीको दरबारमार्गस्थित क्लब प्लाटिनममा आफ्नो प्रस्तुतिसहित भिडियो सार्वजनिक गरेको हो।

गीतमा सुरेश शाहीको शब्द र निरन शाहीको स्वर छ। गीतमा निरनको गीतार, मञ्जिलराज श्रेष्ठको ड्रम, गोविन सुनुवारको गितार, लक्ष्मण डंगोलको बास गितार र सुरेश महर्जन डंगोलको पर्कसन सुन्न सकिन्छ।

भिडियोमा भावना बराइली र गायक निरन फिचर्ड छन्। धिरज काफ्ले प्रोडक्सन डाइरेक्टर रहेको भिडियोमा आशिष घिमिरेको भीएफएक्स र कम्पोजिसन, धिरज काफ्लेको भीएफएक्स र एनिमेसन सुपरभिजन, आशिष घिमिरे र अनोष गिरी सुनुवारको एनिमेसन, बिषी गुरुङ र आशिष घिमिरेको टुडी एनिमेसन, आनोस गिरी, विशाल गुरुङ र आशिष घिमिरेको एनिमेसन, आशिष घिमिरे, रुपेश पण्डित र बबिन बुढाथोकीको रोटोस्कोपिङ र आशिष घिमिरेको क्रोमा छ।

भिडियो अनुप्रस्थ बेण्ड अफिसियलबाट रिलिज गरिएको हो। रिलिज कार्यक्रममा झण्डै १५ सयको हाराहारीमा उपस्थित दर्शकमाझ व्याण्डले १५ वटा गीत गाएको थियो।

Laxmi sunrise bank
kumari

सन् २००८ मा ‘स्प्राइट व्याण्ड च्यालेञ्ज’ को उपाधि जितेपछि यो व्याण्ड चर्चामा आएको हो। त्यसयता व्याण्डले विभिन्न गीतहरु संगीत पारखीलाई दिइसकेको छ।

भिडियो अनुप्रस्थको डिजिटल सामाग्रीको उत्पादन तथा बजार व्यवस्थापन गरेको पीभीई नेटवर्कले भिडियो सार्वजनिक कार्यक्रमको व्यवस्थापन गरेको थियो।

 

प्रकाशित: Mar 13, 2021| 09:00 शनिबार, फागुन २९, २०७७
प्रतिक्रिया दिनुहोस्