शुक्रबार, जेठ १, २०८३

जर्मनीमा धेरै बच्चा जन्माउने अभिभावक कम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
बर्लिन । जर्मनीमा धेरै बालबच्चा जन्माउने अभिभावक बिरलै पाइन थालेको हालैको जनगणनाले देखाएको छ । 

सन् २०१६ मा भएको जनगणनामा सात वा सोभन्दा बढी बालबालिका भएका परिवार सङ्ख्या जम्मा नौ हजार मात्र अर्थात् शुन्य दशमलव १ प्रतिशत भएको पाइएको जर्मनीको केन्द्रीय तथ्याङ्क कार्यालयले बिहीबार जनाएको छ । 

पछिल्लो जनगणनामा जर्मन परिवारमा तीनदेखि चारसम्म बालबालिका जन्माउने प्रचलन १२ प्रतिशत परिवारमा रहेका पाइएको छ भने करिब १४ प्रतिशत परिवारमा तीन बालबालिका रहेको पाइएको छ । 

युवायुवतीले विवाह नगर्ने तर सँगसँगै बस्ने (लिभिङ टुगेदर) को प्रचलन सामान्य रहेपनि विवाह गरी तीन वा चार बालबालिका जन्माउने परिवार नै धेरै रहेको पाइएको छ । पछिल्लो समय यूरोपेली मुलुकका साथसाथै विश्वमा लिभिङ टुगेदरको प्रचलन बढेको बताइए पनि जनगणनामा यसको प्रभाव अझै न्यून नै देखिएको उक्त सरकारी तथ्याङ्कले देखाएको छ । 

सन् १९९३ मा संयुक्त राष्ट्रसंघ महासभाले घोषणा गरेको परिवारहरूको अन्तर्राष्ट्रिय दिवसमा विश्व समुदायलाई परिवारमा रहँदाको महत्वबारे प्रकाश पारिएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।