सोमबार, चैत २, २०८२

चीनका वृद्धवृद्धा सुखी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
संघाइ । चीनको ग्रामिण तथा शहरी दुवै क्षेत्रका अधिकांश वृद्धवृद्धाहरू बुढ्यौलीका बाबजुद पनि खुशीसाथ जीवनयापन गरेको मङ्गलबार सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनमा बताइएको छ । 

चिनियाँ वृद्धवृद्धाको जीवनयापनको अवस्थाको जानकारी लिन चिनियाँ अनुसन्धान केन्द्रले सन् २००० पछि हरेक पाँच वर्षमा निरन्तर गरिने गरिएको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै ६० वर्ष पार गरेका दुई लाख २२ हजार सात सय व्यक्तिलाई सोधिएको प्रश्नमा अधिकांशले बुढ्यौलीका बाबजुद पनि आँफूहरू खुशीसाथ जीवनयापन गरेको बताएका थिए । पछिल्लो सर्वेक्षण सन् २०१५ मा गरिएको भएपनि नतिजा भने हालैमात्र सार्वजनिक गरिएको हो । 

सन् २००० को सर्वेक्षणमा जम्मा ४८ दशमलव ८ प्रतिशत वृद्धवृद्धाले आफूहरू सुखसाथ जीवन यापन गरेको बताएका भएपनि यो दर सन् २०१५ मा आइपुग्दा वृद्धि भएर ६०.९ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ । 

सर्वेक्षणले बुढ्यौलीकाबीच पनि खुशी रहेका पुरूषको सङ्ख्या महिलाको भन्दा बढी देखाएको छ । उच्च शिक्षा आर्जन गरेका बूढाबूढी निम्न शिक्षा पाएका बूढाबूढीभन्दा बढी सुखी पाइएको पनि अध्ययनले देखाएको छ । सर्वेक्षणमा जम्मा ५२ दशमलव १ प्रतिशत अनपढ अथवा साक्षर वृद्धवृद्धाले आफूहरूको जीवनशैली सुखी रहेको बताएका थिए तर ८४ प्रतिशत शिक्षित वृद्धवृद्धा सुखी भएको बताए । 

सर्वेक्षणमा कुनैपनि व्यक्ति बूढो हुँदैगएपछि कम सुखी हुने गरेको पाइएको थियो । सर्वेक्षण अनुसार ६०-६४ उमेर समूहका ६२ दशमलव ३ प्रतिशत वृद्धवृद्धाले आफूहरू खुसीसाथ जीवनयापन गरेको बताए छन् भने ८५ वर्ष र यसमाथिको उमेर समूहका ५५ दशमलव ७ प्रतिशत बूढाबूढीले सुखसाथ बाँचेको बताए ।
 
यसैगरी ६०-६४ उमेर समूहका ५ दशमलव ८ प्रतिशत वृद्धवृद्धाले आफूहरू खुशी नभएको बताएका छन् भने ८५ वर्ष र यसमाथिको उमेर समूहका ७ दशमलव ६ प्रतिशत बूढाबूढीले आफूहरूलाई सहज जीवनयापन नहुने गरेको बताए । 

कुनैपनि चिनियाँको सुखलाई उनीहरूको वैवाहिक अवस्था, बालबालीकासँगको सम्बन्ध, स्वास्थ्य र आर्थिक अवस्थासँग जोडेरसमेत मुल्याङ्कन गरिएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।