शुक्रबार, कात्तिक २८, २०८२

‘रेलको बाटो’ मा कर्णालीको विकटताको कथा

काठमाडौंमा रेल सञ्चालनको योजना बन्दै गर्दा कर्णालीका विकट जिल्लाहरुको अवस्था कस्तो होला ? यो कथा ‘रेलको बाटो’ गीतले बोलेको छ।
 |  बिहीबार, फागुन २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २७, २०७७

काठमाडौं- काठमाडौंमा रेल सञ्चालनको योजना बन्दै गर्दा कर्णालीका विकट जिल्लाहरुको अवस्था कस्तो होला ? यो कथा ‘रेलको बाटो’ गीतले बोलेको छ।

National life

सुरज पण्डितको स्वरमा रहेको गीतमा अहिलेसम्म हुम्लामा मोटर नपुगेको कथा छ। यसै गीतको म्युजिक भिडियोमा कर्णाली प्रदेशअन्तर्गत हुम्लाको छिमेकी जिल्ला डोल्पाको दृष्य छ, जसले भयंकर विकटताको चित्र प्रदर्शन गरिएको छ।

कलाकार जिबी चिरन (चिरन्जीबी सापकोटा), सरस्वती खत्री र लक्ष्मण देवकोटाको अभिनय रहेको म्युजिक भिडियोमा डोल्पाको विकटता, विवशतालाई देखाइएको छ।

दुर्गम गाउँको दैनिकी कति विकराल छ ? स्वास्थ्य र यातायातका न्यूनतम पूर्वाधारहरुको अभावमा कति असहज छ भन्ने कुरा गीतको भिडियोमार्फत् देखाइएको छ। 

केही दिनअघि यो गीतको छायांकनका लागि शे–फोक्सुण्डो पुगेको कलाकारहरुको टोलीका केही सदस्य ‘हाईअल्टिच्युड’ को मारमा परेको थियो।

Laxmi sunrise bank
kumari

उनीहरुलाई नेपाली सेनाले उद्धार गरेर सुर्खेत ल्याएको थियो। 

सुरज पण्डितकै संगीत रहेको गीतमा लेखराज गिरीको शब्द छ। कमल सौरागको एरेन्ज रहेको गीतको मिक्सिङ कुमार रानाले गरेका हुन्।

त्यस्तै भिडियोको निर्देशन लक्ष्मण सुनारले गरेका हुन् भने भिमसेन कायल ठकुरीको छायांकन र पदम सुवेदीको सम्पादन छ। 

गीतको अफिसियल म्युजिक भिडियो आहा टिभीबाट बिहीबार साँझ सार्वजनिक गरिएको छ।


 

प्रकाशित: Mar 11, 2021| 13:58 बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्