शनिबार, मंसिर २७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • निक्षेपभन्दा कर्जाको माग दोब्बर, ब्याजदर बढाउँदै ब्यांकहरु

निक्षेपभन्दा कर्जाको माग दोब्बर, ब्याजदर बढाउँदै ब्यांकहरु

यसरी नै निक्षेप र कर्जा प्रवाहमा असन्तुलन कायम रहने हो भने बैशाख सम्म क्रेडिट क्रन्चको समस्या आउन सक्ने बैंकर्सहरुको अनुमान  छ। 
 |  बिहीबार, फागुन २७, २०७७

शर्मिला ठकुरी

शर्मिला ठकुरी

बिहीबार, फागुन २७, २०७७

काठमाडौ‐ कुमारी बैंकले विहीबार मुद्दति निक्षेपको ब्याज दरमा वृद्धि गरेको छ। कुमारीले तीन महिनापछिका सम्पूर्ण संस्थागत निक्षेपको ब्याज ७ प्रतिशत पुर्‍याएको छ भने व्यक्तिगत ब्याजदर पनि ०.५ प्रतिशत विन्दुले बढाएको छ। 

National life

कुमारी मात्र होइन पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर बढाउन लागेका छन्। निक्षेपको अनुपातमा कर्जामा भारी बृद्धि भएपछि बैंकमा क्रेडिट क्रन्च (ऋण प्रवाहका लागि चाहिने रकमको अभाव) नहोओस भनेर बैंकहरुले धेरै निक्षेप संकलन गर्ने उद्देश्यले ब्याजदर बढाएका हुन् । 

नेपाल बैंकर्स संघका अनुनसार गत हप्तामा मात्र वाणिज्य बैंकहरुको कर्जा २६ अर्ब रुपैयाँ बढेको छ। 

पछिल्लो तीन हप्तामा मात्र ७१ अर्ब रुपैयाँ कर्जा प्रबाह गरिसकेका वाणिज्य बैंकहरुको उक्त अवधिको निक्षेप संकलन भने ३७ अर्ब रुपैयाँ मात्र छ। 

यसरी नै निक्षेप र कर्जा प्रवाहमा असन्तुलन कायम रहने हो भने बैशाख सम्म क्रेडिट क्रन्चको समस्या आउन सक्ने बैंकर्सहरुको अनुमान  छ। 

Laxmi sunrise bank
kumari

गएको माघ महिनामा पनि निक्षेप ५ अर्ब रुपैयाँ बढ्दा कर्जा ७४ अर्ब रुपैयाँ वृद्धि भएको थियो । फागुन २१ गतेसम्म बैंकहरूले कुल ३८ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३३ खर्ब ८८ अर्ब कर्जा लगानी गरेका छन् । माघ मसान्तसम्म बैंकहरूको कुल निक्षेप ३७ खर्ब ८६ अर्ब र कर्जा ३३ खर्ब १७ अर्ब थियो। 

कोभिड–१९ को महामारीका कारण बैंकहरुले लामो समय कर्जा प्रवाह गर्न सकेका थिएनन्। पर्याप्त तरलता हुँदा निक्षेपको व्याजदर निकै कम दिएका कारण व्यक्तिगत निक्षेपकर्ताले आफूसँग भएको रकम घरमै वा सहकारीमा राखेका थिए । 

‘अहिले बैंकहरुसँग तरलता संंकुचन हुन थालेपछि उनीहरुले व्याजदर बढाउनैपर्छ,’ हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइएओ) अशोक राणाले भने, ‘अब ग्राहकहरुको सिरानीमुनीको पैसा थुत्नका लागि निक्षेपको व्याज बढाउने नै हो उनीहरुले त्यही गर्छन् ।’ 

निक्षेपको व्याज बढेपछि बैंकहरुले स्वतः कर्जाको व्याज पनि बढाउँछन्। यद्यपि, कुमारी बैंकले बिहीबार प्रकाशित गरेको सूचनामा निक्षेपको ब्याज बढाउने मात्र उल्लेख छ। 

नेपाल राष्ट्र बैंकका प्रवक्तँ डा. गुणाकर भट्ट बैंकहरुमा निक्षेप र कर्जा बृद्धिको ग्यापले बैंकहरुमा तरलता घढ्दै गएको र अन्ततः व्याजदरमा दबाव पर्ने बताउँछन्। पुसमा बैंकिङ प्रणालीमा तरलता २ खर्ब रुपैयाँ रहेकोमा अहिले ४० अर्ब रुपैयाँमा झरेको राष्ट्र बैंकले जनाएको छ।

तरलता कम हुँदै गएपछि अन्तर बैंक ब्याजदर पनि ३ प्रतिशत पुगेको छ। गत साउनमा अन्तर बैंक ब्याजदर ०.०१ प्रतिशतसम्म झरेको थियो । 
 

प्रकाशित: Mar 11, 2021| 09:10 बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्