शुक्रबार, भदौ ५, २०८३

ओली र नेपालबीच भेटवार्ता गराउने तयारी, होला त एमाले विवाद समाधान?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउने तयारी भएको छ। मंगलबार दुई नेताहरूको भेटवार्ता हुने तय भएको एमाले नेताहरूले बताएका छन्।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउने तयारी भएको छ। मंगलबार दुई नेताहरूको भेटवार्ता हुने तय भएको एमाले नेताहरूले बताएका छन्। 

भेटवार्ताको स्थान र समय भने तय भइनसकेको नेताहरूले बताएका छन्। एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले दुई नेताबीच भेटवार्ता हुने बताए। 'हामीले दुई नेतालाई भेटका लागि आग्रह गर्दै आएका हौं। आज सम्भवत: भेटवार्ता हुन्छ,' उनले भने, 'स्थान र समय भने यकिन हुन सकेको छैन।' दुई नेतावीच भेटवार्ताका लागि नेताहरूले लामो समयदेखि प्रयास गर्दै आएका थिए।

सोमबार बसेको माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी बैठकमा पनि नेताहरू निर्णायक छलफलका लागि वारतामा बस्नुपर्ने बताएका थिए। सोमबारको बैठकपछि पत्रकारलाई जानकारी दिने क्रममा नेता रघुजी पन्तले पनि चाडै अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुने बताएका थिए। 

एमाले विवाद समाधान गर्न बनेको कार्यदलले पनि १० बुँदे सहमति गरेका थिए। तर, त्यसमा माधव नेपाल तयार भएका छैनन्। नेताहरूले १० बुँदेकै सेरोफेरोमा रहेर पार्टी विवाद समाधान गर्नुपर्ने बताउँदै आएका छन्। तर, लामो प्रयास जारी रहे पनि एमालेमा देखिएको विवाद समाधान हुन सकेको छैन।

प्रकाशित: Aug 03, 2021| 09:23 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...