शनिबार, जेठ २४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • मुलुकलाई निकास दिन मध्यावधि निर्वाचन आवश्यक : शेखर कोइराला

मुलुकलाई निकास दिन मध्यावधि निर्वाचन आवश्यक : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मुलुकलाई राजनीतिक निकास दिन मध्यावधि निर्वाचनको आवश्यकता भएको बताएका छन्। 
 |  बुधबार, फागुन २६, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

vianetvianet

झापा– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मुलुकलाई राजनीतिक निकास दिन मध्यावधि निर्वाचनको आवश्यकता भएको बताएका छन्। 

बिर्तामोडमा नेपाल प्रेस युनियनले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रतिनिधिसभा पुनःस्थापना भए पनि संसद् सही तरिकाले चल्न नसक्ने बताउँदै निर्वाचनको विकल्प नरहेको बताएका हुन्। 

‘एमाले र माओवादी फरक पार्टी भएकोले अब संसद् सही तरिकाले चल्न सक्दैन,’ उनले भने, ‘संसद् चल्न अप्ठ्यारो परिस्थिति भएपछि देशलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन, मध्यावधि निर्वाचनमार्फत निकास दिनुपर्छ।’  

कोइरालाले अबका गतिविधि चुनावमुखी हुनुपर्ने बताउँदै त्यसैअनुरुप तयारी गर्न कांग्रेस कार्यकर्तालाई निर्देशनसमेत दिएका छन्। 
 

प्रकाशित: Mar 10, 2021| 07:12 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।