आइतबार, असार २८, २०८३

पार्टी एकीकरण भएको खुसियालीमा दीपावली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको एकीकरण घोषणाको खुसीयालीमा राष्ट्रिय सभागृह परिसरमा बिहीबार साँझ दीप प्रज्ज्वलन गरिँएको छ । दुर्इ पार्टी एक भएपछि प्रत्येक जिल्लामा साँझ दिपावली गरिएको छ । 

रुपन्देहीका विभिन्न स्थानमा दुवै पार्टीका नेता तथा कार्यकर्ताले संयुक्त रुपमा दीपावली गरेका छन् । पार्टी एकीकरणबाट निर्वाचनका बेला जनतासमक्ष व्यक्त गरिएका प्रतिबद्धता नेताहरुले पूरा गरेको र अब मुलुक विकास र समृद्धितर्फ अगाडि बढ्ने विश्वासका साथ एकीकरणले सबैमा खुसियाली प्रदान गरेको भन्दै दीपावली गरिएको विघटित एमाले रुपन्देहीका सदस्य बाबुराम पन्थीले बताए । 

एकीकरणको सन्देश अब आम जनतामा पुर्‍याउने तथा जनताका आवश्यकताका विषयलाई सम्बोधन गर्न राजनीतिक रुपले अब कुनै अवरोध नहुने बताउँदै विघटित माओवादी केन्द्रका नेता वनोद पहाडीले भने, 'यो एकता नेपालको वाम आन्दोलनमा ऐतिहासिक उपलब्धि भएको छ ।' 

विघटित एमाले रुपन्देहीका अध्यक्ष तथा बुटवल उपमहानगरपालीकाका प्रमुख शिवराज सुवेदी दुबै पार्टीको एकताले अब मुलुकमा राजनितिक स्थिरतासहित शान्ति, स्थायित्व, विकास र समृद्धिको अवसर आएको बताए । 

एकताको खुसियालीमा जिल्लाका प्रमुख शहर बुटवल, भैरहवा तथा ग्रामीण क्षेत्रमा समेत दीपावली गरिएको विघटित एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले जानकारी दिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।