मंगलबार, भदौ १६, २०८३

ओलीले भने- अब पूर्व एमालेको बैठक बोलाएर अघि बढ्छु

संसदीय दलको बैठकमा केपी शर्मा ओलीले अब पूर्व एमालेको बैठक बोलाएर आफू अघि बढ्ने बताएका छन्।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं- संसदीय दलको बैठकमा केपी शर्मा ओलीले अब पूर्व एमालेको बैठक बोलाएर आफू अघि बढ्ने बताएका छन्।

बालुवाटारमा बसेको ओली पक्षीय नेकपाको संसदीय दलको बैठकमा उनले सर्वोच्चको फैसलाको सम्मान गर्दै पूर्व एमालेको बैठक बोलाएर आफू अघि बढ्ने बताएका छन्।

राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईकाअनुसार ओलीले आज सर्वोच्च अदालतले नेकपाको नामबारे गरेको फैसलाको पनि स्वागत गरेका छन्।

साथै ओलीले एमाले र माओवादी केन्द्रको अस्तित्वमै पूर्व माओवादीको विश्वासको मत लिने प्रयास गर्ने र त्यसको फेसगर्ने गरी अघि बढ्ने बताएको भट्टराइले जानकारी दिए।

साथै उनले नयाँ र वैज्ञानिक ढंगले एकता गर्नेगरी अघि बढ्ने ओलीले बताएको जानकारी दिए। ओलीले हिजो भएको पार्टी एकतामा कमजोरी रहेको स्वीकार गरेको भट्टराईले बताए।

बैठकमा ओलीले नेकपाका आफू पक्षीय सांसदहरुको संसदीय दलको बैठकमा सभामुख अग्नी सापकोटाको भूमिकाप्रति असन्तुष्टी व्यक्ति गरेका छन्।

ओलीले प्रतिनिधिसभा बैठकका क्रममा सभामुख सापकोटाले व्यक्त गरेको अभिव्यक्तिप्रति असन्तुष्टी व्यक्त गरेको भट्टराईले बताए।

सभामुखले संसदीय मूल्य र परम्पराअनुसार कार्यव्यवस्थाको बैठक बस्ने र सरकारसँग पनि परामर्श गरेर बैठक गर्नुपर्ने भए पनि त्यसो नगरेकोमा प्रधानमन्त्री असन्तुष्ट भएका हुन्।

त्यस्तै सरकारकोविरुद्धमा बोल्ने व्यक्तिलाई धेरै समय दिएको र सरकारको पक्षमा बोल्ने व्यक्तिलाई समय नदिएको प्रति ओलीले असन्तुष्टि व्यक्त गरेको भट्टराईले बताए।

प्रकाशित: Mar 07, 2021| 15:01 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।