काठमाडौं- सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गरिदिएपछि केपी शर्मा ओलीले आफ्नो पक्षका सांसदहरुसँग आफूहरुको विपक्षमा फैसला आएको बताएका छन्।
बालुवाटारमा जारी आफू पक्षीय सांसदहरुको बैठकमा उनले सर्वोच्च अदालतले नेकपाको नामबारे गरेको फैसलाले अराजकता निम्त्याएको दाबी गरे।
‘हामीले गरेको कम्युनिष्ट एकताको विपक्षमा फैसला उभियो, आजको फैसलाले हामीलाई पूर्ववत् अवस्थामा जान निर्देशन गरेको छ।’ उनले भने, अब हामीले व्यवहारिक र कानूनी दुवै हिसाबले टिक्नसक्ने कम्युनिष्ट एकीकरणका लागि प्रत्यन् गर्नुपर्छ।’
ओलीले फैसलाले सूर्य चिन्ह र पार्टीप्रतिको भ्रममुक्त गरेको पनि बताएका छन्।
उनले भने, ‘तुरुन्त पूर्व एमालेको केन्द्रीय कमिटीको बैठक डाक्छु र अघि बढ्छु।’ ओलीले पुष्पकमल दाहालले आफूलाई दिएको समर्थन फिर्ता लिए पनि आफूले समर्थन जुटाउन सक्ने बताए। उनले अगाडि भने, समर्थन लिन सक्छु, सकिन भने सरकार छोडेर जिम्मेवार प्रतिपक्ष भएर बस्छु।’