काठमाडौं– नेकपा दाहाल–नेपाल समूहले पछिल्लो राजनीतिक अवस्थाबारे कानुनविद्हरूसँग छलफल गर्ने भएको छ।
सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अस्तित्वमा रहेको आदेश दिएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न समूहले कानुनविद्हरूलाई आइतबार साँझ सिंहदरबारमा डाकेको छ।
अध्यक्ष पुष्पकमल दाहालले संसद् भवन परिसरमा भने, ‘अदालतको आदेशको मर्मबारे केहीबेरमा अधिवक्ताहरुसँग सिंहदरबार छलफल गर्दैछौं।’ उनले कानुनविद्हरुको व्याख्या सुनेर अघि बढ्ने बताए।