मंगलबार, भदौ १६, २०८३

अध्यादेशको विरोधमा संसद् बहिष्कार गरेका हौं : दाहाल

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सरकारले असंवैधानिक रुपमा ल्याएको अध्यादेश पारित गर्न खोजेकाले संसद् बैठक बहिष्कार गरेको बताएका छन्। 
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सरकारले असंवैधानिक रुपमा ल्याएको अध्यादेश पारित गर्न खोजेकाले संसद् बैठक बहिष्कार गरेको बताएका छन्। 

दाहाल–नेपाल समूहले आइतबार अपराह्न संसद् बैठक बहिष्कार गरेर बाहिरिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले भने, ‘अलोकतान्त्रिक सरकारले ल्याएको अध्यादेशको विरोधमा बहिष्कार गरेका हौं।’ 

उनले आजको सर्वोच्च अदालतको आदेशले यो कसको सरकार हो भन्ने अन्योल उत्पन्न भएको बताए।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अस्तित्वमा रहेको आदेश दिएको छ।

संसद् बैठक चल्दै गर्दा नेकपा सांसद भीम रावलले बोलेपछि दाहाल–नेपाल समूहले बैठक बहिष्कार गरेको थियो।

दाहालले आफूहरू संसद अवरुद्ध गर्ने पक्षमा नरहेको बताए।
 

प्रकाशित: Mar 07, 2021| 12:19 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।