मंगलबार, भदौ १६, २०८३

प्रतिनिधिसभा बैठक दश मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठकमा सरकारले जारी गरेका अध्यादेश फिर्ता गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले विरोध गरेपछि प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित भएको छ।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं- प्रतिनिधिसभा बैठकमा सरकारले जारी गरेका अध्यादेश फिर्ता गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले विरोध गरेपछि प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित भएको छ।

कांग्रेसले  सरकारले असंवैधानिक रुपमा अध्यादेश जारी गरेको भन्दै कार्यसूचीबाट हटाउन माग गरेको थियो।

तर सभामुख अग्नी सापकोटाले अध्यादेश प्रस्तुत गर्न कानूनमन्त्री लिलानाथ श्रेष्ठलाई समय दिएपछि कांग्रेसले रोष्टम घेराउ गरेको हो।

कांग्रेससँग जनता समाजवादी पार्टी लगायतका सांसदहरुले पनि रोष्टम घेराउमा साथ दिएका थिए।

त्यसअघि कांग्रेसका सचेतक पुष्पा भुसाल र प्रमुख सचेतक बालकृष्ण खाँडले असंवैधानिक रुपमा जारी भएका अध्यादेश फिर्ता गर्न माग गरेका थिए।

प्रकाशित: Mar 07, 2021| 12:12 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।