काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले केही सांसदहरु बैठक छोडेर हिँडेपछि पनि बैठक सञ्चालन भइरहेको भन्दै आपत्ति जनाएकी छन्।
प्रतिनिधिसभाको आजको बैठकमा उनले भनिन्, ‘हाम्रो संसदीय अभ्यास विपरीत काम भएको छ। केही माननीय सदस्यहरु संसद् बाहिर जानुभएको छ। कोही यहिँ हुनुहुन्छ। किन यस्तो भयो ?’ अध्यादेशबाट मुलुक चलाउन खोजिएको भन्दै उनले आपत्ति जनाइन्।
‘संविधानअनुसार सरकार चलाउनुपर्ने हो। तर संविधानको भावनाविपरीत अध्यादेश ल्याएर मुलुक चलाउन खोजियो। अध्यादेश प्रमुख प्रतिपक्षी दलले स्वीकार गर्दैन। सरकारले तुरुन्त अध्यादेश फिर्ता लिओस्,’ उनले भनिन्।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संविधानको प्रतिकूल रहेको बताए। उनले भने, ‘यसलाई कांग्रेसले स्वीकार गर्दैन। पहिले फर्कायो, अहिले त्यही ल्यायो। यो अध्यादेश सदनमा प्रवेश गर्न सक्दैन।