मंगलबार, भदौ १६, २०८३

भीम रावल उठेपछि बिथोलियो संसद् बैठक 

नेकपा दाहाल–नेपाल समूहका सांसद भीमबहादुर रावलले सरकार र प्रधानमन्त्रीको अवस्था स्पष्ट नभएको भन्दै प्रतिनिधिसभाको बैठक अगाडि नबढाउन माग गरेका छन्। 
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका सांसद भीमबहादुर रावलले सरकार र प्रधानमन्त्रीको अवस्था स्पष्ट नभएको भन्दै प्रतिनिधिसभाको बैठक अगाडि नबढाउन माग गरेका छन्। 

आजको बैठक सुरु हुनेबित्तिकै बोल्दै उनले भने, ‘सर्वोच्च अदालतबाट आज आएको फैसलापछि यो कसको सरकार हो भन्ने प्रश्न उठेको छ। यो सरकारको वैधता नै छैन। यो कुरा राजनीतिक नैतिक, संवैधानिक, कानुनी दृष्टिकोणाट स्थापित हुँदैन।  प्रतिनिधिसभालाई जसले हत्या गर्यो, उहाँको स्थिति के हो ?’

सभामुख अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव प्रस्तुत गरेर बैठक अघि बढाउन खोजेपछि सांसद रावलले उठेर विरोध गरेका थिए।

त्यसपछि सभामुखले उनलाई बोल्न समय दिए। रावलले भने, ‘हामीले सोचेका थियौं, शोक प्रस्ताव पारित गरेर बैठक स्थगित हुन्छ। तर, किन बैठक अघि बढाउन खोजियो ?’ 

अध्यादेशबाट शासन गर्ने, संविधान मिच्ने, प्रतिनिधिसभामाथि प्रहार गर्ने कुरामा गम्भीर आपत्ति रहेको रावलले बताए। 

रावलले बोलेपछि नेकपा दाहाल–नेपाल समूहका सांसदहरु आफ्नो आशनबाट उठेका थिए। त्यसपछि उनीहरु बैठक नै छाडेर हिँडेका छन्। उनीहरु हिँडेपछि सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए। 
 

प्रकाशित: Mar 07, 2021| 11:56 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।