मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहाल–नेपाल पक्षद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार 

दाहाल–नेपाल पक्षद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार 

नेकपा दाहाल–नेपाल समूहका सांसदले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका सांसदले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।

सभामुख अग्नि सापकोटाले कार्यसूचीअनुसार सरकारले जारी गरेका अध्यादेश बैठकमा प्रस्तुत गर्न थालेपछि दाहाल–नेपाल समूहले विरोध जनाएको थियो। 

सांसद भीम रावलले वैधता गुमाइसकेको सरकारले ल्याएका अध्यादेश बैठकमा प्रस्तुत गर्न नहुने बताएका थिए। तर सभामुखले कार्यसूचीअनुसार बैठक अघि बढाउने बताएका थिए। 

रावलले बोलिसकेपछि सभामुखले दाहाल–नेपाल पक्षका सांसदलाई बस्न आग्रह गरेका थिए।  

लगत्तै रावलले सोधे– ‘अध्यादेश कार्यसूचीमा छ कि छैन?’

सभामुख– छ

रावल–त्यसो भए कहाँ बस्छौं त?

सभामुख–तपाईंको विमति पनि दर्ज भयो, बैठक पनि अघि बढाउँछु। 

त्यसपछि दाहाल–नेपाल समूहका सांसदले बैठक कक्ष छोडेका छन्। 

प्रकाशित: Mar 07, 2021| 11:58 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।