मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि यस्तो हुनेछ संसदीय अंकगणित

एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि यस्तो हुनेछ संसदीय अंकगणित

संघीय संसद्मा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो दल भएका छन्।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं– सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अस्तित्वमा रहेको आदेश दिएपछि संघीय संसद्मा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो दल भएका छन्।

२७५ सदस्यीय संघीय संसद्मा प्रतिनिधिसभामा एमालेको १२० सिट छ। प्रत्यक्षतर्फ ८० र समानुपातिकतर्फ ४१ सिट जितेको एमालेका सांसद सानु शिवाको निधन भएको छ। 

कांग्रेसका ६१ सांसद छन्। चुनावमा कांग्रेसले प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० सिट जितेको थियो। विजय गच्छदार भ्रष्टाचार मुद्दामा निलम्बित छन् भने अर्का सांसद मोहम्मद अफताफ आलम जेलमा छन्।

५३ सिट जितेको माओवादी केन्द्रका प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ सिट छ।

जनता समाजवादी पार्टीमा अहिले ३४ सांसद छन्। जनता समाजवादीका हरिनारायण रौनियार भ्रष्टाचार मुद्दामा निलम्बित छन् भने रेशम चौधरी जेलमा छन्।

राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका १–१ सांसद छन्। एक जना स्वतन्त्र सांसद छन्।

प्रकाशित: Mar 07, 2021| 11:32 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।