आइतबार, असार २८, २०८३

जेठ ३ देखि शैक्षिक मेला 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी । ब्रिज एजुकेशनको आयोजना तथा मल्टिटेक युनिटको सहकार्य र ए एस इभेन्ट्सको एण्ड मार्केटिङको सहकार्यमा यही आउँदो जेठ ३ र ४ गते इटहरीमा शैक्षिक मेला अर्थात् इष्ट नेपाल एजुकेशन फेयर आयोजना हुने भएको छ ।

शनिबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा शैक्षिक मेलाबाट इटहरी र यस आसपासका शिक्षासँग सम्बन्धित सरोकारवालाहरूले लाभ लिन सक्ने ए एस इभेन्ट्सका मार्केटिङका बजार निर्देशक अनिल श्रेष्ठले जानकारी दिए । 

इटहरी तथा यस आसपासका उच्च शिक्षाका लागि सक्रिय कलेजहरू समेतको सहकार्यमा हुने यस बृहत् शैक्षिक मेलाबाट यस क्षेत्रका विद्यार्थी शिक्षक र अभिभावकले समेत शिक्षा क्षेत्रमा खोजेका नयाँ विषयमा अधिकतम सूचनासँगै आवश्यक शैक्षिक उपलब्धिसमेत प्राप्त गर्ने अवसर प्राप्त गर्ने बताइयो ।

शैक्षिक मेलामा कम्तीमा ३० वटा शैक्षिक ज्ञान हासिल गर्न सकिने स्टल हुने र  पाँच हजार शिक्षासँग सम्बन्धित खोजकर्ताले अवलोकन गर्न सक्ने अनुमानसमेत गरेको आयोजक मध्येकी सबेरा श्रेष्ठको भनाइ रहेको छ ।

मेला अवधिमा इटहरी तथा आसपासका क्षेत्रका कलेजहरूका प्रोफेसर एवम् प्रधानाध्यापकसँग विशेष शैक्षिक परामर्श एवम् छलफलसमेत हुने भएकाले यस शैक्षिक मेलाबाट यसअघि प्राप्त नभएका शैक्षिक ज्ञानका विषयमा समेत नयाँ सोधखोज गर्न सहज हुने जानकारी दिइयो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।